विज्ञापन रोक्ने सरकारी नीति विरुद्ध पत्रकार महासंघको थप आन्दोलनको घोषणा

विज्ञापन रोक्ने सरकारी नीति विरुद्ध पत्रकार महासंघको थप आन्दोलनको घोषणा

काठमाण्डौ । नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन निजी संचार माध्यममा रोक्ने सरकारको निर्णय विरुद्ध जेठ ७ गतेदेखि आन्दोलनको घोषणा गरेको छ ।महासंघले जेठ ७ गते हस्ताक्षर अभियान सञ्चालन गर्ने,जेठ ११ गते सोमबार केन्द्रीय समितिले संघीय संसदका सभामुख राष्ट्रिय सभाका अध्यक्ष, संसदको विषयगत समितिका सभापतिलाई ज्ञापन पत्र बुझाउने ,प्रदेश र शाखाहरुले इमेल वा हुलाकमार्फत ज्ञापन पत्र बुझाउने , जेठ १४ गते विहीबार देशका सबे पत्रपत्रिका, टेलिभिजन,रेडियो र अनलाइनसंचार माध्यममा सरकारी कदमको विरोध गर्दै सम्पादकीयको वा उपउक्त स्थानमा कालो राख्न महासंघका सबै संरचनाले पहल गर्ने पत्रकार महासंघले जनाएको छ । साताव्यापी कार्यक्रम पछि पनि सरकारले सुनुवाइ नगरेमा थप आन्दोलनको घोषणा गर्ने महासंघले जनाएको छ ।