दुइ महाशक्तिले कसरी चलाउलान त अबको दुनियाँ ?

दुइ महाशक्तिले कसरी चलाउलान त अबको दुनियाँ ?

यद्यपि चीन र अमेरिकाको प्रबृत्ति, परम्परा र प्रणाली फरक फरक छन् । अमेरिका बृटिश साम्राज्यबादबाट मुक्त हुन स्वतन्त्रता संग्राम लडेको आफ्नो गौरबमय इतिहासलाई कुल्चिएर अन्ततः आफै साम्राज्यबादमा परिणत भयो । आधुनिक चीनले भने बहु साम्राज्यबादी हस्तक्षेप र अतिक्रमणबाट मुक्त भएयता मूलतः त्यो गलत बाटो लिएको छैन । उसले गरिरहेको बहुध्रुबीय बिश्वको वकालत र साझा भबिष्यको निरन्तरको आग्रहले उसलाई पुराना साम्राज्यादी शक्तिहरुले अख्तियार गरेको बदनाम र उत्पीडनकारी दिशामा जानबाट जोगाउन सक्छ । यसै सन्दर्भमा हालैको बिश्वका दुइ शक्ति राष्ट्रहरुको बेइजिङ्ग बार्तालाई लिइदा शायद उपयुक्त होला ।
वास्तवमा गएको साता बेइजिङ्गमा अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति शी जिनपिङ्गका बीच भएको बार्तामा द्ययपि बिश्वलाई समेत गम्भीर असर पारिरहेका समस्याहरु ईरान बिरुद्ध अमेरिका र इज्रायलले चलाई रहेको युद्ध, बिश्व ब्यापार कर तथा चीनका बिरुद्ध ताईवानलाई उचाल्ने अमेरिकी गतिबिधिहरुका बिरुद्ध कुनै ठोस र निर्णायक कुरा भएको नभएको यथार्थ कुरा पनि प्रकाशमा आएन । तर ती बिषयहरुमा नै गम्भीर र केन्द्रित कुरा भएको हुनुपर्दछ भन्ने धेरै बिश्लेषकहरुले लख काटेका छन् । ट्रम्प र शीको शीखर बार्ता निकै संयमित, सौहाद्र्रपूण र संयमित जस्तो देखिए पनि ती बिश्वका समकालीन जल्दा बल्दा समस्याभन्दा बाहिर थिएनन् भन्ने अनुमान जो कसैले पनि गर्न सक्तछ ।उनीहरुको पारस्परिक यो बार्ता केवल भ–ूराजनीतिक प्रतिस्पद्र्धाको चस्माले  भन्दा बढी परस्पर आर्थिक अन्तरनिर्भरतामा  केन्द्रित भएको प्रतीत हुन्छ ।
निश्चय पनि अमेरिकाले चीनलाई बिश्वको एउटा शक्तिशाली आर्थिक प्रतिद्वन्द्वी स्वीकार गर्दछ भने त्यसको अर्थ हुन्छ कि अमेरिकाभन्दा बाहिर पनि उत्तिकै वा त्योभन्दा बढी शक्तिशाली राष्ट्रहरुको उदय भइसकेको वा भइरहेको छ । त्यो महसुश गर्नु आजको बिश्वको यथार्थलाई स्वीकार गर्नु नै हो । चीनको उदयका सम्वन्ध अमेरिकामा हुने गरेको बहस बर्षौदेखि एउटा अनौठो तर सुपरिचित प्रकृतिका  देखिदै आएका हुन् । ती के भने पहिला त त्यस प्रकारको चीनको उदयलाई नै अस्वीकार गर्ने, या कम्तिमा त्यो बिकासप्रति अप्रसन्नता प्रकट गर्ने र अन्त्यमा केही नलागे सलाई स्वीकार गर्ने गर्दैै आएको देखिन्छ ।
यसै परिप्रेक्षमा दुइ अंकको आर्थिक बृद्धिको युगमा कतिपय अमेरिकी बिश्लेषकहरुले आधिकारिक चिनीयाँ तथ्यांकहरुलाई अबिश्वसनीय या बढाई चढाई प्रस्तुत गरेको भनेर खारेज पनि गर्ने गर्थे । जसै जसै चीनको आर्थिक चमत्कारलाई बेवास्ता गर्न नमिल्ने भयो या त्यसो गर्न मुश्किल हुन थाल्यो त्यसको सफलताको श्रेय अमेरिकाको औद्योगिक नीति, बौद्धिक सम्पदाको चोरी र हेरफेर जस्ता अनुचित तौरतरीकालाई दिने गरिएको पनि देखिन्थ्यो ।
तर त्यसरी अमेरिकाले बनाएको गलत भाष्यलाई कायम राख्न कठिन पर्नथाल्यो । किनभने चीन कतिपय रणनीतिक महत्वका औद्योगिक प्रबिधिहरुमा उत्कर्षको शीखरमा पुग्न सफल भयो । सबैभन्दा मूल कुरा त के भने चिनीया ईभी निर्माताले सबभन्दा कम लागतका मोडेलदेखि लिएर  तीब्र गतिमा परिष्कृत प्रिमियम ब्राण्डहरुसम्म पनि बिश्व बजारका बिभिन्न क्षेत्रमा प्रमुख बिश्व प्रतिस्पद्र्धीकोरुपमा देखा परे । औषधी उत्पादनका क्षेत्रमा पनि चिनीया फर्महरु अनुसन्धानमा अग्रतम देखापर्न थाले ।
सेमिकण्डक्टरमा पनि चीनले ‘एडभान्स चिप्स’ उत्पादनमा महत्वपूर्ण प्रगति गरिसकेको छ तथापि अझै यो ‘टीएसएमसी’(ताईवान सेमिकण्डक्टर म्यानुफेक्चरिङ्ग कम्पनी) भन्दा भने पछि नै छ भनिन्छ । यस्तो स्थितिमा अमेरिकाले चीनको प्रबिधिको अनुसन्धान र बिकासलाई नकार्ने या त्यसको बिकासमा ब्यबधान खडा गर्ने गतिबिधिमा ध्यान केन्द्रित गर्नुको साटो उसले अब यो चिनको प्रतिस्पद्र्धा स्थायीरुपमा कायम रहने यथार्थलाई स्वीकार्न बाध्य बनेको छ । त्यसैले तदनुरुपको प्रतिस्पद्र्धात्मक ढाँचा र सह–अस्तित्वको प्रणालीमा जानुको कुनै बिकल्प उसका अगाडि छैन भन्ने देखिएको छ ।
ट्रम्पसँगै बेइजिङ्ग गएका प्रमुख अमेरिकी सिईओ तथा ब्यापारिक नेताहरुले पनि यस सन्देशमा जोड दिएका थिए कि पूर्णरुपले अलग थलग हुनु न त यथार्थबादी कुरा हुन्छ न त बाञ्छनीय नै । बरु बढी सम्भाबित मार्ग त्यस पारस्परिक निर्भरतमा छ जुन छानिएका क्षेत्रहरुमा  जारी रहनु पर्दछ ।
चिनीया राष्ट्रपति शीले पनि आफ्नो तर्फबाट यसलाई ‘थ्यूसीडाइडेस ट्र्रयाप’को उल्लेख गर्दै दुइ पक्षीय सम्बन्धलाई परिभाषित गरेका थिए ।यो शब्द राजनीतिक बिज्ञ ग्राहम एलिसनले प्राचीन एथेन्सका एक इतिहासकार थ्यूसिडाइडेसको  त्यस संघर्षको खतरालाई बताउनका लागि गढेका थिए जसमा एउटा बढ्दै गरेको शक्तिले कुनै स्थापित शक्तलाई बेदखल गर्ने चूनौति दिन्छ ।
यी सबै कुरा गरिरहँदा यहाँ के बिर्सनु हुन्न भने अमेरिकाका अगाडि अनेक चूनौतिहरु खडा भइसकेका या भइरहेका भए पनि एउटा क्षीण हुँदै गरेको शक्तिकारुपमा यसलाई अहिले नै बुझिहाल्नु अलिक हतारो ठहरिन जान्छ । अमेरिका आज पनि उद्यमशीलता(अण्टरप्रेनरशीप)को संसारमा अग्रणी केन्द्रनै बनिरहेको छ, जसले कम्प्यूटिङ्ग र इण्टरनेटदेखि लिएर स्मार्ट फोन र एआईसम्म बितेको शताब्दीका कतिपय परिबर्तनकारी प्रबिधि(टेक्नोलोजी)को उत्पादन गरेको छ ।
अहिले् पनि कुनै पनि अरु देशले अमेरिकाको बैज्ञानिक नेतृत्व, पूँजीवजार र उद्यमशील सँस्कृति तथा संस्थागत लचिलोपनको संयोजनको सामना गर्न सकेको अझै छैन । जस्तो अर्बपति लगानीकर्ता वारेन बफेले एक पटक भनेका पनि थिए कि १७७६ पछियता अहिलेसम्म अमेरिकाका बिरुद्ध दाउ लगाउने कोही पनि कहिले सफल भएको छैन । तर अमेरिकाको त्यो शेखी झर्ने स्थिति निकट अमेरिकाको त्यो तप्का पुग्दैछ ।शायद,  यस्तो अबस्थामा बिश्वका दुइ सबैभन्दा ठूला अर्थ ब्यवस्थाहरुका बीच परस्पर ब्यबधान खडा गर्नेभन्दा  अधिक सहयोग कै आवश्यकता पर्दो हो र हुने गर्दो हो ।
त्यसमा पनि आज अमेरिका र चीन दुबै एउटै जस्ता चूनौतिहरुको सामना गरिरहे्का छन् । ती चूनौतिहरु हुन् ः तीब्र प्रबिधि परिबर्तन, कृत्रिम मेधा(एआई) बित्तीय अस्थिरता, सामाजिक बिषमता र जलवायु परिबर्तन । यी साझा समस्याको समाधान पनि संयुक्तरुपमै खोज्नपर्ने हुन्छ र आवश्यक छ ।
सेमी कण्डक्टरमा पनि चीनले एडभान्स–चिप्सको उत्पादनमा महत्वपूर्ण प्रगति गरेको छ नै ।  यद्यपि अहिलेसम्म टीएसएमसीभन्दा यो पछाडि नै छ । त्यसो भएता पनि चीनको प्रगतिमा अमेरिकाले ब्यवधान पु¥याउने वा त्यसलाई नकार्ने कुरामा केन्द्रित हुनु या  गर्नुको साटो अमेसिरकाले पनि स्वीकार्नु पर्ने हुन्छ कि यो चिनीयाँ प्रतिस्पद्र्धा अब स्थाईरुपमा कायम रहनेवाला छ र आर्थिक सह–अस्तित्व तथा सीमित सहयोगको लागि नै पनि नयाँ ढाँचा या संरचना स्थापित गर्नुपर्ने हुन्छ ।
ट्रम्पको चीन भ्रमणको लगत्तै पछि रुसका राष्ट्रपति पुटीनले चीनको भ्रमण गरेर चीन र रुस दुइ देशका बीचमा जुन चालिस बुँदै गहन, दुरगामी र रणनीतिक महत्वको सम्झौता दुइ देशका बीचमा भएको कुरा सार्वजनिकरुपमा आएको छ त्यसले दुइ देशको सम्वन्ध सुदृढ हुने मात्र होइन दुइ देशको प्रगतिलाई पनि उच्च लक्षतिर बिकसित गर्ने अर्थपूर्ण आयाम लिएको छ । यसले समेत अमेरिका अब बिश्वमा यत्रतत्र बलजफती गर्नेतिर होइन सहमतिको बाटो हिड्न स्वयं उद्यत हुनु पर्ने स्थिति बनेको बिश्वका अर्थ–राजनीतिक बिश्लेषकहरुले औंल्याइरहेका छन् ।