न बोलिएका आवाजहरू शब्द बनेर उठ्छन्
टुटेका सपनाहरू पनि शब्दले नै बाँच्छन्
कला त्यो मौन आँसु हो जो रङ्गमा पोखिन्छ
साहित्य त्यो आगो हो जो मनभित्र बलेर उज्यालो बन्छ ।
माटोको गन्धभित्र लुकेको इतिहास बोल्छ यहाँ
दुःख र खुसी मिसिएर बन्छन् जीवनको रङ्ग यहाँ
एउटा चित्रमा समय अडिन्छ एउटा कथामा सास
मान्छेको हृदय छुने यही छ कला र साहित्यमा खास ।
नबोलिएको पीडा पनि कविता बनेर बग्छ
अँध्यारो रातमा पनि शब्दले उज्यालो दिन्छ
मनका गहिरा चोटहरू पनि गीत बनेर हाँस्छन्
सपना र यथार्थ मिलेर जीवन बाँच्छन् ।
कला साहित्य हो मानवताको अमूल्य धरोहर
यसले बनाँउछ हामीलाई अझै संवेदनशील र मनोहर
समय जति बितेपनि यसको शक्ति रहिरहन्छ
मान्छेको मनभित्र सधैं साहित्यको छाप गढिरहन्छ ।
(सिद्धस्थानी माध्यमिक बिद्यालय गोरखा)




























