आँसुको धारा नबगाऊ आमा ढुङ्गाको अगाडि
दयाको भिख नमाग बाबा दानवको अगाडि
दयाको भिख नमाग बाबा दानवको अगाडि
दानवको अगाडि…. ।
मानिसको मुटु बन्दछ जब
ढुङ्गा र पत्थर
त्यै मानिस आखिर बन्दछ क्रुर
शासक जब्बर
हिंसा र ध्वंस लेखिन्छ उसको
विकृत मगजमा
दया र माया मेटिन्छ उसको
मन र मुटुमा ।
आँसुको धारा नबगाऊ आमा ढुङ्गाको अगाडि
दयाको भिख नमाग बाबा दानवको अगाडि
दानवको अगाडि… ।
गरिबलाई उसले ठान्दैन मान्छे
बुख्याँचा ठान्दछ
मजदुरलाई उसले गन्दैन मान्छे
पशु झैँ मान्दछ
ढुङ्गाले डुङ्गा तार्दैन आमा
आँसुमा डुबाउँछ
दानवले मानव चिन्दैन बाबा
चिहानमा पुर्याउँछ ।
आँसुको धारा नबगाऊ आमा ढुङ्गाको अगाडि
दयाको भिख नमाग बाबा दानवको अगाडि
दयाको भिख नमाग बाबा दानवको अगाडि
दानवको अगाडि… ।































