भाैतिकवादी उपनिषद्काे परिचर्चा गरिने

भाैतिकवादी उपनिषद्काे परिचर्चा गरिने

समाचार

२८, जेठ/काठमाडौं
यही जेठ ३० गते शनिबार दिउँसो १२:३० बजे इच्छुक सांस्कृतिक प्रतिष्ठानमा गाेपीरमण उपाध्याय लिखित “भाैतिकवादी उपनिषद्हरु” पुस्तककाे परिचर्चा कार्यक्रम हुने भएको छ ।
मार्क्सवादी दर्शनका अध्ययता गाेपीरमणले यस अघि पनि पूर्वीय दर्शनमा भएका भाैतिकवादी चिन्तन पद्धतिका बारेमा थुप्रै पुस्तक प्रकाशित गर्नुभएको छ । यस पटक उपनिषद्हरुका पङ्क्तिमा भाैतिकवादी उपनिषद्हरु नामक पुस्तक तयार पार्नुभएकाे छ । भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको साे पुस्तकलाई इच्छुक सांस्कृतिक प्रतिष्ठानले परिचर्चा गर्न लागेको हाे ।
उपत्यकामा रहनुभएका दर्शनमा रुचि राख्ने साहित्यकार, पत्रकार, लेखक तथा राजनीतिज्ञहरुलाई उक्त कार्यक्रममा उपस्थितिका लागि प्रतिष्ठानले हार्दिक निमन्त्रणा गरेको छ ।