नेवाः राष्ट्रिय मुक्ति मोर्चाको २८ औं स्थापना दिवसमा नेपालको सन्दर्भमा लोकप्रियतावाद विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

नेवाः राष्ट्रिय मुक्ति मोर्चाको २८ औं स्थापना दिवसमा नेपालको सन्दर्भमा लोकप्रियतावाद विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । २८ औं स्थापना दिवस मनाउदै नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय संयोजक पवन मान श्रेष्ठको अध्यक्षतामा नेपालको सन्दर्भमा लोकप्रियतावाद शिर्षकमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका अध्यक्ष पवन मान श्रेष्ठले पानसमा बत्ती बालेर उद्घाटन गर्दै उद्घाटन मन्तव्य राख्दै शुरु भएको प्रशिक्षण कार्यक्रमको मुख्य प्रशिक्षक मोर्चाका केन्द्रीय उपाध्यक्ष समेत रहेका शुरेस श्रेष्ठ हुनुहुन्थ्यो भने पाका भाषा संस्कृति अभियान्ता तथा मोर्चाका केन्द्रीय उपाध्यक्ष गोर्की श्रेष्ठ र केन्द्रीय सल्लाहकार निभास चन्द्र श्रेष्ठ लगायतका व्यक्तित्वहरुको आतिथ्यता भएको कार्यक्रममा स्वागत मन्तव्य मोर्चाका सचिव जगदिश्वर महर्जनले राख्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन नेवा राष्ट्रिय मुक्ति मोर्चा नेपालका महासचिव श्रीकृष्ण सुलुले गर्नुभएको थियो। लोकप्रियतावाद नेपालको सन्दर्भमा डिजिटल सुचना सञ्चार र सामाजिक सञ्जालबाट मात्रै अतिक्रमण गरेको छैन, भाषा, संस्कृति, अर्थतन्त्रको क्षेत्रमा पनि त्यतिकै प्रभाव पारेको व्याख्या गर्दै अब नेपालमा डिजिटल सार्वभौमिकताको प्रश्न पेचिलो बन्दै गएको बताउनुभयो। बिगतका बर्षहरुमा भए गरेका तमाम ऐतिहासिक महत्वका संघर्षहरुको महत्व नै नभएको जस्तो देखाइ अहिले जे भए गरेको छ, त्यो नै सर्वश्रेष्ठ छ। ईतिहासमा भए गरेका परिवर्तन रुपान्तरणको कुनै अर्थ र महत्व छैन भन्ने भाष्य सृजना गर्ने गरिएको छ। शुद्व भावना केन्द्रित व्यक्ति केन्द्रित बिचार दृष्टिकोणहरुको बाढी नै सृजना गरी जनसाधारणहरुमा अधिक्तम भ्रम सिर्जना गर्ने गरेको छ। जसबाट बर्ग संघर्षको आधार कमजोर बनाउने दुर्भावना लुकेको दर्शाउँदै तथ्यगत विवरण प्रस्तुत गरी आफ्नो धारणा राखेका थिए। उहाँले प्रस्तुत गर्नुभएको लोकप्रियतावाद को वारेमा सहभागीहरुले प्रश्न मार्फत जिज्ञासा राखेका थिए भने जिज्ञासालई सम्वोधन गरिएको थियो। मोर्चाका सल्लाहकार निभास चन्द्र श्रेष्ठले ईतिहासको गहिरो अवमुल्यन नै लोकप्रियतावाद भएको छ भन्नुभयो।

अन्तमा कार्यक्रमका अध्यक्ष पवनमान श्रेष्ठले नेपालको सम्पूर्ण क्षेत्रमा लोकप्रियतावादले राम्रो गिजोलिएकोले यसको चौतर्फी भण्डाफोर गरी जनतालाई भ्रमबाट मुक्त गराएर मात्रै वास्तविक रुपमा जनतन्त्र, जनजीविका र राष्ट्रियताको पक्षमा जनतालाई संगठित गर्न सकिने बताउँदै कार्यक्रम समापन गर्नुभयो।