बसको ठक्करबाट एक जनाको मृत्यु

नवलपरासी, १६ असोज । नवलपरासीको प्रतापपुर–४, प्रतापपुर ठूलो नहरको पुलमा बसले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय बेलाटारीले दिएको जानकारी अनुसार त्रिवेणीबाट बर्दघाटतर्फ जादै गरेको लु.१ ख. ४१७७ नम्बरको बसले प्रतापपुर–३ बस्ने वर्ष १७ का सुरज श्रेष्ठलाई ठक्कर दिदा घाइते भइ उपचारका लागि सामुदायिक अस्पताल चौपत्तामा उनको मृत्यु भएको प्रहरीले […]

हङकङको जोर्डनमा नेपाली युवाबीच भिडन्त

काठमाडौं । हङकङमा नेपालीबिच सामूहिक भिडन्त भएको छ । नेपाली युवाको भिडन्तलाई नियन्त्रणमा लिन प्रहरीले कम्तीमा चार राउण्ड गोली चलाउनु परेको थियो । हङकङको जोर्डनमा आइतबार बिहान ६ बजे नेपाली युवाहरु बिच छुरा हानाहान भएको हो । त्यसपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । दुई समूहबीच भिडन्त भइरहेको लडिरहेको खबर एक ट्याक्सी चालकले […]

राजनीतिक दललाई सबक सिकाउँदै धुर्मुसले मागे माफी

काठमाडौं । देशको महत्वपूर्ण जिम्मेवारीमा बसेका राजनीतिक दल, सरकार र सरोकारवालाहरुलाई सबक सिकाउँदै हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुसले निर्धारित समयमा गिरान्चौर बस्ती हस्तान्तरण गर्न नसकेकोमा माफी मागेका छन् । नेपालमा विकास निर्माण र पुर्ननिर्माणको काम जहिले गरेपनि हुन्छ, नगरे पनि कसले के भन्न सक्छ भन्ने सत्तामा बसेका र संसदमा छिरेका राजनीतिक दलको मनपरीतन्त्रलाई दरो झापड […]

संगठनको नाम प्रयोग भएकोमा क्रान्तिकारी पत्रकार महासंघको आपत्ति

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट पत्रकारहरुको संगठन क्रान्तिकारी पत्रकार महासंघले आफ्नो संगठनसँग एकता भएको भनेर भ्रम फैलाइएकोप्रति आपत्ति प्रकट गरेको छ । हालै भएको माओवादी केन्द्रनिकट पत्रकार संगठन प्रेस सेन्टरको सम्मेलनलाई क्रान्तिकारी पत्रकार महासंघसँगको एकता भएको भनेर भ्रम छर्न खोजिएको भन्दै महासंघले आपत्ति प्रकट गरेको हो । महासंघका महासचिव केशरमणि कटुवालले एक विज्ञप्ति जारी […]

बद्नाम नगर्न क्रान्तिकारी यातायात मजदुर संघको चेतावनी

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघले हालै काठमाडौंमा भएको ट्याक्सी आन्दोलनमा आफ्नो संगठनको नाम मुछेकोप्रति गम्भीर आपत्ति प्रकट गरेको छ । आफूहरुले गर्दै नगरेको आन्दोलनमा असोज १३ गते कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा आफ्नो संगठनको नाम मुछिएकोमा संघका अध्यक्ष जितबहादुर राईले आपत्ति प्रकट गरेका हुन् । उनले ट्क्यासी आन्दोलनमा आफ्नो […]

सिन्धुपाल्चोकमा पहिरोमा पुरिदा एकैघरका ३ को मृत्यु

चौतारा । लगातारको वर्षापछि आएको पहिरोमा परि सिन्धुपाल्चोकमा एकै परिवारको तीन जनाको मृत्यु भएको छ । पहिरोमा परी राम्चे ७ पुराना गाउँका रामकुमार तिमल्सिना, उद्धव तिमल्सिना र उनकी श्रीमती सम्झना तिमल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार बिहान करिब ३ बजेतिर आएको पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको हो । पहिरोले पुरीएका मध्ये रामकुमारको शव […]

बडादशैंको नवरात्र प्रारम्भ, आज घटस्थापना

काठमाडौं । हिन्दुहरुको महान चाड बडादशैं शनिबारदेखि प्रारम्भ भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नेपालीको महान् पर्व बडादशैं सुरु हुने गर्दछ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने दशैं पर्व आश्विन शुक्ल पूर्णिमामा समाप्त हुन्छ । आश्विन शुक्ल पूर्णिमालाई कोजाग्रत पूर्णिमा पनि भनिन्छ । बडादशैंको पहिलो दिन शनिवार वैदिक विधिपूर्वक घर घरमा दियो, कलश […]

सार्क शिखर सम्मेलन अनिश्चितकालका लागि स्थगित

काठमाडौं । पाकिस्तानले अर्को महिना हुने तय भएको सार्कको १९ औं शिखर सम्मेलन स्थगितको घोषणा गरेको छ । भारतसहितका पाँच देशले भाग नलिने घोषणा गरेपछि आयोजक राष्ट्र पाकिस्तानले सम्मेलन स्थगितको घोषणा गरेको हो । भारतले पाकिस्तानसँगको विवादका कारण सम्मेलनमा भाग नलिने घोषणागरेपछि अफगानिस्तान, भुटान, बंगलादेशले पनि सम्मेलनमा भाग नलिने निर्णय गरेको थियो । शुक्रबार श्रीलंकाले […]

क्रान्तिकारी ट्रेड यूनियन महासंघद्वारा विधेयकविरुद्ध संघर्षको आव्हान

काठमाडौं, १५ असोज । क्रान्तिकारी माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका संयोजक इश्वर तिमिल्सिनाले एक विज्ञप्ती जारी गर्दै १३ असोजमा व्यवस्थापिका संसदले पारित गरेको औद्योगिक व्यवसा विधेयक मजदुरवर्गको राजनैतिक तथा पेशागत अधिकारमाथि गम्भीर आक्रमण गरिएको भन्दै विधेयक खारेजीका निम्ति विभिन्न ट्रेड यूनियनहरु तथा मजदुरहरुलाई संघर्षका निम्ति आव्हान गरेका छन् । संयोजक तिमिल्सिनाले पारित […]

औद्योगिक व्यवसाय विधेयक खारेज गर्न क्रान्तिकारी माओवादीको माग

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले शुक्रबार एक विज्ञप्ती जारी गर्दै औद्योगिक व्यवसाय विधेयक खारेजीको माग गरेका छन् । विधेयकले औद्योगिक मजदुरहरुको पेशागत आन्दोलनसम्बन्धी हक अधिकारमाथि गम्भीर आघात पुरयाएको र विधेयक मजदुरवर्गको लोकतान्त्रिक अधिकार तथा हकहित विरोधी रहेको भन्दै क्रान्तिकारी माओवादीले विधेयक खारेजीको माग गरेको हो । उसले विधेक तुरुन्त खारेज गर्न र […]