काठमाडौं । सञ्चलाल वाइवाको हत्या तथा तीन आनीहरुको बपत्ताको विषयलाई लिएर नेपाल प्रहरीले बमजन आश्रममा अनुसन्धान थालेको छ । निकै शक्तिशाली स्वदशी तथा विदेशी मानिसहरुको आड र ढाडसमा चलेको भनिएको बम्जन आश्रमभित्र गरिन थालेको अनुसन्धानमा जनताको विश्वास कम नै छ ।

हार्दिक शुभकामना !

तर यसपटक भने प्रहरीले विदशी वा स्वदेशी कुनै पनि शक्ति वा ठूला मानिसको प्रभावमा नपरी सत्यतथ्य बाहिर ल्याएर आउनु पर्छ । ययदि यथार्थता बाहिर आएन र उल्टै प्ररीले छोएको जस्तो गरे चोख्याउने काम गर्यो भने यो प्रहरीप्रतिको अविश्वास मात्र होइन, अबसानको कारक बन्ने छ ।

नेपालमा होली वाइन सेचन गर्ने ओलीहरुको जमात कम ठूलो छैन । नेपाल नामधारीहरुको चकचकी पनि कम छैन । तर प्रहरीले ख्याल राखोस् अब ऊ जनताका नजरमा जीउँछ वा मर्छ उसैको अनुसन्धानको कार्यमा भर पर्छ ।

म आए पछि प्रहरीले निर्मलाको बलात्कार र हत्याकाण्डमा बाँकी रहेको छानबिन बाहेक अरु पनि काम नराम्रो र अपूरो गरेको छ भने संसद हलमा लिएर मेरो वर्दी फुकालिदिनोस् भन्ने प्रहरी महानिरीक्षक यस विषयमा चार कान चार आँखा बनाएर सतर्क रहनै पर्छ । किनकि नेपालमा हरेक काम शक्ति केन्द्र र ठूला भनिएका मानिसका स्वार्थका कारण हस्तक्षेप भइरहेकै हुन्छन् । बमजनमाथिको अनुसन्धान र छानबिन यो कुराबाट अछुतो रहोस् ।

प्रहरीको अनुसन्धान टोलीले बमजनको सिन्धुपाल्चोकस्थित आश्रमभित्र खोजतलास सुरू गरेको छ । फोरेन्सिक विशेषज्ञसहित पुगेको प्रहरीको टोलीले आफूहरुलाई आवश्यक पर्ने कानुनी प्रक्रियासमेत मिलाएर गएको बताइएको छ ।

आश्रममा रहेका प्रत्यक्षदर्शीका अनुसार अनुयायी सञ्चलाल वाइवाको हत्यापछि उनको लास आश्रमभित्रै दफनाइएको थियो । वनइवाका साथै वेपत्ता पारिएका अनुुयायी सुरेश आले, चुन्मो र डोल्मोको पनि खोजी गरिने छ । पछिल्लो भनाइअनुसार अर्की आनी सरिता पनि बेपत्ता पारिएको खुल्न आएको छ ।

आश्रममा धेरै मानिसहरु बिरामी भएपछि बोक्सोको आरोपमा कुट्दाकुट्दै वाइवा मरेपछि बमजनले आफू बस्ने आश्रमको छेवैमा लास गाड्न लगाएका थिए भन्ने अनुयायीहरुको भनाइ रहेको छ । अरु तीन आनीहरुको बारेमा सबै कुरा खुल्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर