कारागारमा रहेका रमेश चौधरीले आज शपथ लिँदै

कारागारमा रहेका रमेश चौधरीले आज शपथ लिँदै

काठमाडौं । कैलाली क्षेत्र नं. १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको नेता रमेश चौधरीले राज सपथग्रहण गर्दैछन् ।
सभामुख कृष्णबहादुर महराले आफ्नै कार्यकक्षमा उनलाई सपथ ग्रहण गराउने कार्यक्रम तय भएको महराका प्रेस संयोजक डिल्ली मल्लले जानकारी गराएका छन् । टीकापुर हत्याकाण्डका आरोपी उनी फरार रहेकै अवस्थामा चुनाव लडेर विजयी भएका थिए ।

तर, त्यतिबेला निर्वाचन आयोगले उनलाई प्रमाणपत्र दिएको थिएन । प्रमाणपत्र नदिएपछि उनलाई सभामुखले पनि सपथग्रहण गराएका थिएनन् । पछि उनी जिल्ला अदालत कैलालीमा हाजिर भएपछि प्रहरीले पक्राउ गरी थुनामा राखेको थियो ।

राजपा नेपालले रेशम चौधरीको रिहाई र शपथग्रहणको विषयलाई मुख्य मुद्दा बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई दवाव दिँदै आएको थियो ।

तर उनीलाई प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको सपथग्रहण गरेलगत्तै पुनः डिल्लीबजार कारागार लगिने भएको छ । स्रोतका अनुसार चौधरीले शपथ लिएपछि निलम्बित सांसदका रुपमा जेलमै रहने बताइएको छ ।

प्रतिनिधिसभा नियमावली २०७५ को नियम २४४ मा प्रतिनिधिसभाको सदस्य पक्राउ सम्बन्धी नियम छ । यो नियमको उपनियम ३ मा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई पूर्पक्षको लागि थुनामा रहेमा सदस्यको हैसियतले कुनै कार्य गर्न नपाउने उल्लेख छ ।