
काठमाडौं । वाइड बडी जहाज खरिद गर्नु पूर्व पर्यटन मन्त्रालयको सूचना चुहावटबाटै यो खरिद प्रक्रिया निकै जालसाजीपूर्ण तरिकाले गरिन लागेको पत्रपत्रिकाहरुमा आइसकेको थियो । मन्त्रालयमा कर्मचारीहरुका बीचमा त कंसाकारले जीवनभर अघाउने गरी ‘एउटा मोटो मूर्गा’ भेटायो भनेर निकै कानेखुशी र हाँसो पनि चल्ने गरिरहेको थियो । अन्तत भयो पनि त्यसै । काँचो केटा रविन्द्र अधिकारी कंसाकारको जालमा फसे ।
नेपालको राजनीतिमा बिडम्बना के हुँदै आएको छ भने जसले जे जिम्मा संहालेको छ, त्यसका बारेमा केही पनि ज्ञान नहुने । यस्ता अल्पज्ञानी वा अज्ञानीहरु जहिले पनि ‘लिड’को स्थानमा होइन, ‘लेड’को स्थानमा रहने गरेका पाइएका छन् । त्यो स्वभाविक पनि हो । कार्य क्षमता र दक्षताका आधारमा हेर्यौं भने नेपालका सबैजसो मन्त्रालयहरुमा लिड गर्नसक्ने क्षमताका मन्त्रीहरु नै छैनन् ।
न त नीतिगत रुपमा न त व्यवहारिक रुपखमा तिनीहरुले आफ्नो कार्य सम्पादनलाई बुझ्न सकून् र मन्त्रालयको कमाण्ड सम्हाल्न सकून् । यो दुखद र डरलाग्लो स्थिति नेपालमा रहिरहने भयो । नयाँ गरौं त भन्ने तर त्यो नारामा र निर्देशनमा मात्र । नयाँ नीति तथा कार्यक्रमहरु केही पनि दिन नससक्ने । यो विडम्बनाका कारण न त देश उँभो लाग्यो, न त जनताले सुख पाए ।
लाजशर्मको कुरा त यतिसम्म पनि भयो कि स्वयम् आफ्नै संसदीय लेखा समितिले वाइड बडी विमान खरिद प्रकरणमा भएको भ्रष्टाचार छानबिनका लागि सिफरीश गर्यो । आफ्नै संसदीय समिति, आफ्नै मन्त्री । किनकि त्यो लुकाएर पनि लुक्न सक्ने भएन । मन्त्री रविन्द्रले त उल्टै कंसाकारको सल्लाह र निर्देशनमा लेखा समितिमा प्रभाव पार्न छानविनका लागि बनाइएको उपसमितिका मानिसहरुलाई दिनभर फोन हानिरहेका थिए । त्यो सबै देखेस् पखेस् भनेर प्रभाव पार्नका लागि थियो । तर सांसदहरुले फोन उठाउन दिएनन् । छानबिन उपसमितिले प्रतिवेदनको अन्तिम रुप दियो ।
वाइडबडी विमान खरीद भ्रष्टाचार प्रकरणमा आफू संलग्न नभएको र भएको पाइएमा राजनीतिबाटै सन्यास लिने घोषणा गर्ने मन्त्री अधिकारीको राजनीतिक जीवन अन्त्य हुने देखिएको छ ।
नेपालमा अन्डर ग्राउण्ड आर्थिक चलखेलको आधाभन्दा बढी हिस्सेदार रहेको पूर्व एमाले र पूर्व माओवादी केन्द्रको भ्रष्टसंस्कार रहँदासम्म नेकपाका नेताहरु कुनै पनि चोखा र जनपक्षीय दरिने संकेतसम्म पनि देखिदैन । फरक यत्ति हो, रकम कसको ठूलो र कसको सानो भन्ने मात्र ।






























