
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग, नेपालले भ्रष्टाचाहरुमाथि कारबाही थालेको छ । लिगले नेपाल एअरलाइन्सका महाप्रबन्धक तथा भ्रष्टचारीको रुपमा बद्नाम सुगतरत्न कंसकारलाई कार्यकक्षभित्रै करिब ४ बजे दिउँसो कालोमसो दलेको लिगले जनाएको छ ।
भ्रष्टाचार र अनियमितताको चर्चित नेपाल एयरलाइन्सको वाइडबडी खरिदमा गरिएको ४ अर्ब ३५ करोड भ्रष्टाचारमा मुख्य भूमिका निभाएका भनिएका कंसकारलाई क्रान्तिकारी युवा लिगले कारबाही गरेको छ । लिगले अन्य भ्रष्टाचारीहरु पनि कारबाहीको लिस्टमा रहेको जनाएको छ ।





























