काठमाडौं । शुक्रवार दिउँसो ४ बजेसम्म सरकारी कार्यालय खोल्न प्रस्ताव गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकमा गृह मन्त्री, शहरी विकास मन्त्री र संस्कति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सम्मिलित कार्यदलले प्रस्ताव लगेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

बिहीवार बैठकमा प्रस्तावमाथि सामान्य छलफल भएपनि कुनै निर्णय भने भएको छैन । अहिले सरकारी कार्यलय ३ बजेसम्म मात्र खुल्ने गरेको छ ।

हार्दिक शुभकामना !

त्यस्तै सरकारले २०७६ सालमा राष्ट्रिय बिदाहरु थप गर्ने भएको छ । २०७४ सालमा धेरै बिदा दिएको भन्दै ब्यापक आलोचना भएपछि केपी ओली नेतृत्वको सरकारले २०७५ का केही महत्वपूर्ण विदाहरुसमेत काटेको थियो ।

विना कुनै आधार विदा कटौती गरेको भन्दै फेरि आलोचना भएको थियो । त्यही कारण सरकारले २०७६ सालका लागि केही बिदाहरु थप गर्न लागेको हो ।

सरकारले विभिन्न जातजातिका लागि सार्बजनिक बिदा थप गर्नेछ । करिब एक दर्जन बिदा थपिने छन् । अब जनैपूर्णिमा, छठ, क्रिसमस, ल्होसार, इदलगायत करिव एक दर्जन बिदा थपिने छन् । १९ वटा विदाको प्रस्ताव भएकोमा मन्त्रिपरिषद् बैठकमा भने १३ दिन बिदा थपको लागि लगिएको हो ।

२०७५ सालमा सरकारले नियमित दिएकोभन्दा १२ दिन बिदा कटौती गरेको थियो । अब भने केही महत्वपूर्ण चाडपर्बको बिदा थप हुने छ । यसपाली जनै पूर्णिमा, घटस्थापना, कोजाग्रत पूर्णिमाजस्ता महत्वपूर्ण विदाहरु कटौती गरिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार