काठमाडौं । रेशम चौधरी विहीवारबाट सांसद भएका छन् । सभामुख महराले रेशम चौधरीलाई सपथ खुवाएर सांसदको लोगो तथा परिचय पत्र दिएका थिए । सांसद भवनभित्र एक घण्टा बिताएका चौधरीले सपथ खुवाएपछि जेल पठाउन नमिल्ने तर्क गरेका थिए ।

हार्दिक शुभकामना !

चौधरी कञ्चनपुर स्थानीय जनता र प्रहरी बीच भएको घटनामा दोषी भनी हाल जेलमा छन् । उनलाई जेलबाट प्रहरीको निगरानीमा संसद भवन ल्याई सपथ खुवाइएको थियो । उनले सपथ लिएपछि प्रतिपक्ष नेपाली कांग्रेसले देशमा कानुनी राज नभएको जिकिर गरेको छ ।

अरु केहीले भने सपथ खुवाएर एकजना सांसदलाई जेल पठाउन नहुने तर्क पनि गरिहेका छन् । यसले संसदको र्सोच्चतालाई चुनौती दिएको पनि बताउने गरेका छन् । तर सत्ताधारी दल नेकपाले भने अदालतले फैसला गर्न बाँकी रहेको र अदालतको फैसला नै अन्तिम हुने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार