काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संसदीय सुनुवाइमा गरेको वाचाअनुसार न्यायाधीश दीपकराज जोशीमाथि एकपछि अर्को गरी कारबाही गर्दै गरेर बस्ने च्याम्बरसमेत खोसेका छन् ।
न्यायपरिषद्को बैठकमा आउन नै नदिई हटाएर कार्वाहीको सिलसिला सुरु गरेका थिए । सपथ लिएको दुईतीनदिनभित्रै उनले दीपकराज जोशीलाई मेलमिलाप समितिको अध्यक्षबाट हटाएर च्याम्बर समेत खोसी एनेक्स भवन तल्लो तलामा बस्ने मिलाएका थिए ।
प्रधानन्यायाधीश राणाको अध्यक्षतामा बिहीबार नै न्यायपरिषद बैठक बसेर न्यायाधीशउपर आउने गुनासा र टीकाटिप्पणी सन्दर्भमा तत्काल सम्बोधन गर्ने संयन्त्र समेत बनाएका छन् । प्रधानन्यायाधीश न्यायिक अनुगमन तथा निगरानी संयन्त्र निर्माण गरेर न्यायाधीशहरुमाथि अनुगमन तथा निगरानी गर्ने सोचमा देखिएका छन् ।
बैठकले संवैधानिक इजलासको पुनर्गठन समेत समेत् गरेको छ । पुनर्गठित इजलासमा प्रधानन्यायाधीश राणासँगै न्यायाधीशहरु वरिष्ठ न्यायाधीशमा दीपककुमार कार्की त्यसपछि केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीलाई राखिएको छ ।
दीपकराज जोशीलाई कुनै पनि इजलास दिइएको छैन ।