ठूलो परिमाणमा चरेश सहित दुई भारतीय पक्राउ

ठूलो परिमाणमा चरेश सहित दुई भारतीय पक्राउ

काठमाडौं । काठमाडौंबाट भारतीय नम्बर प्लेट एचआर ३ एसएस ९३७१ भएको एक भारतीय कन्टेनरमा लुकाएर लादै गरेको २ सय ३५ किलो चरेश धादिङको गजुरीबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

चरेश कन्टेनरको क्याबिन माथिको भागमा फल्स बटन बनाइ लुकाएर लगिरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चरेशसहित प्रहरीले भारतको उत्तर प्रदेशस्थित एकानिघौली टीकापुरग्राम निवासी ३० वर्षीय सतेन्द्रसिंह बेघल र पटेवा सुगौलीका ५० वर्षीय महमद गद्दीलाई पक्राउ गरेको छ । बरादम चरेश यो वर्षकै सबैभन्दा धेरै परिमाणको भएको प्रहरीले जानकारी दिएको छ ।