बारामा क्रान्तिकारी माओवादी सक्रिय, विभिन्न कमिटि निर्माण

कलैया । नेकपा (क्रान्तिकारी माओवादी) को बारा जिल्ला समिति पुर्नगठन गरिएको छ । शनिबार आयोजित एक भेलामार्फत जिल्ला समिति निर्माण गरिएको हो ।  जिल्ला समितिको इन्चार्जमा दिवाकर न्यौपाने सर्वसम्मत रुपमा चयन भएका छन् । भेलाले २६ सदस्यीय जिल्ला समिति निर्माण गरेको न्यौपानेले जानकारी दिए ।  भेलामा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा अवध राज्य समिति इन्चार्ज […]

देजमो देशभर संगठन विस्तार अभियानमा

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको विभिन्न जिल्लामा जिल्ला समितिहरु गठन भएका छन् । क्रान्तिकारी माओेवादीको तीन महिने संगठन सुदृढिकरण तथा जनपरिचालन अभियान अन्तर्गत विभिन्न जिल्लामा देजमो जिल्ला कमिटि गठन गरिएको हो । देजमो खोटाङमा शुभचन्द्र राई नेकपा (क्रान्तिकारी माओवादी) को वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको खोटाङ जिल्ला […]

क्रान्तिकारी माओवादी निकट पर्यटन व्यवसायीको भेला फागुन ७ मा

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट पर्यटन व्यवसायीहरुको राष्ट्रिय भेला फागुन ७ गते हुने भएको छ । पर्यटन व्यवसायीहरुको एक भेलाले फागुन ७ गते राष्ट्रिय भेला काठमाडौंमा गर्ने निर्णय गरेको आयोजक समितिका संयोजक तोरण बहादुर गुरुङले जानकारी दिए । राष्ट्रिय भेला आयोजना गर्नका लागि गुरुङको संयोजकत्वमा ११ सदस्यीय भेला आयोजक समिति गठन गरिएको छ । […]

माओवादी केन्द्रको पेरिसडाँडा सुकुम्बासीको घेराउमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडालाई मनोहरा बस्तीका सुकुम्बासीले घेराउ गरेका छन् । महिला, बालबालिकासहित मनोहराका सबै सुकुम्बासीले सरकारले मनोहरा जग्गा एकीकरण आयोजना ल्याएको विरोधमा घेराउ गरेका हुन् । घेराउ गर्न आएका सुकुम्बासीहरुले आफूहरुलाई बसिरहेकै स्थानमा बसोबासको व्यवस्था मिलाउनुपर्ने बताएका छन् । सुकुम्बासीहरुलाई व्यवस्था नगरिकन सरकारले जग्गा एकीकरण आयोजना अघि सारेर सुकुम्बासीहरुलाई […]

क्रान्तिकारी ट्रेड युनियन आबद्ध संघहरुको राष्ट्रिय सम्मेलन फागुनमा

काठमाडौं । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ आबद्ध संघहरुको राष्ट्रिय सम्मेलन आगामी फागुनमा हुने भएको छ । अखिल नेपाल क्रान्तिकारी पर्यटन मजदुर संघ तथा अखिल नेपाल क्रान्तिकारी अटो श्रमिक संघको राष्ट्रिय भेला क्रमशः फागुन १५ गते र फागुन २८ गते काठमाडौंमा हुने भएको छ । मजदुर आन्दोलनमा देखा परेका अभिजात वर्गको प्रभावका विरुद्घको संघर्षलाई […]

क्रान्तिकारी माओवादीको ‘संगठन विस्तार तथा जनपरिचान अभियान’ अपडेट :

मिथिला र तमुवानमा ६ गते गरियाे अभियानको उद्घाटन बर्दिबास । नेकपा (क्रान्तिकारी माओवादी) मिथिला राज्यले ६ गते बिहीबार अभियानको उद्घाटन गरेको छ । पार्टीका बरिष्ठ नेता तथा देजमोका केन्द्रीय अध्यक्ष सिपी गजुरेलले महोत्तरीको बर्दिबासमा उद्घाटन गरेको मिथिला राज्यस्तरीय तीन महिने ‘संगठन विस्तार तथा जनपरिचान अभियान’मा मिथिलाका चारवटा जिल्ला सिरहा, धनुषा, महोत्तरी, सर्लाहीका नेता कार्यकर्ता र […]

माओवादी केन्द्रसँग तत्काल एकता वा कार्यगत एकता सम्भव छैन : गजुरेल

बर्दिबास । नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सीपी गजुरेल गौरवले पुष्पकमल दाहालको नेतृत्वमा रहेको माओवादी केन्द्रसँग कुनै प्रकारको एकताको सम्भावना नरहेको बताएका छन् ।  महोत्तरीको बर्दिबासमा क्रान्तिकारी माओवादीको मिथिला राज्यस्तरीय ३ महिने संगठन सदृढिकरण तथा जनपरिचालन अभियानको सुरुवात गर्दै नेता गजुरेलले माकेसँग एकता वा कार्यगत एकता नहुने बताएका हुन् । माओवादी केन्द्र र त्यसका […]

शौचालय बनाउने खाल्डो खन्दा भेटियो सकेट बम

गोरखा । गोरखामा शौचालयको खाल्डो खन्दा सकेट बम फेला परेको छ । मसेल गाविस–९ स्थित दुल्लभ क्याम्पस परिसरमा शौचालय बनाउने खाल्डो खन्ने क्रममा सकेट बम फेला परेको हो । बिहीबार दिउँसो खाल्डो खन्ने क्रममा कामदारले तारसहितको बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । सो बम युद्धकालमा लुकाइएको हुनसक्ने अनुमान गरिएको छ । बम निष्क्रिय गर्न […]

आज नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पको शपथ, को–को आउँदैछन् टिममा ?

एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । गत नोभेम्बर ८ मा भएको निर्वाचनमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई हराउँदै राष्ट्रपतिमा निर्वाचित भएका उनले औपचारिक रुपमा अमेरिकी बागडोर सम्हाल्न लागेका हुन् । राष्ट्रपति पदको निर्वाचनमा डेमोक्रेटिक पार्टीकी नेतृ हिलारी क्लिन्टनभन्दा ३० लाख कम मत पाएपनि इलेक्टोरल भोटका आधारमा […]

बुटबलबाट पनि क्रान्तिकारी माओवादीको अभियान सुरु

बुटवल । नेकपा (क्रान्तिकारी माओवादी) को तीन महिने संगठन विस्तार, सुदृढीकरण तथा जनपरिचालन अभियान शुरु भएको छ । पार्टीले एकैपकट ७५ जिल्लाबाट अभियान शुरु गरेको हो । पार्टी केन्द्रीय कार्यक्रम अनुसार रुपन्देहीमा पनि अभियान शुरु भएको छ । पार्टी केन्द्रीय सचिवालय सदस्य प्रेमनाथ सुवेदीले एक भव्य कार्यक्रमकाबीच शंकरनगरको बनबाटिकाबाट अभियानको उद्घाटन गरेका हुन् । उनले […]