काठमाडौं । चिनी उद्योगीलेहरुले तीज र दशैंका बीचमा ओली सरकारलाई कमिसन दिंदाको बखत गरेको बाचाअनुसार सम्बन्धित सरकारी विभागहरु मूल्यवृद्धिको आन्तरिक तयारीमा लागेका छन् । एकातिर तीज, दशैं र तिहारजस्ता चाडपर्वमा सस्तो पसलको कुरा गर्ने र अर्कोतिर १३ वटा चिनी उद्योगहरुबाट ६ महिनाभित्र मूल्य बढाइदिने बाचागरी लिएको करोडौं कमिसन वापत सरकारले मूल्यवृद्धिको आन्तरिक तयारी गरिरहेको हो ।

हार्दिक शुभकामना !

कमिसन लिंदाका बखत सरकारी मानिसहरुले ऊखु किसानहरुलाई ऊखको मूल्य समयमा नै तिर्न पनि भनेको भन्ने हल्ला बजारमा निकै ल्याइएको थियो । तर अहिलेसम्म न त ऊखु किसानहरुले पैसा पाएका छन्, न त सरकारले त्यो हल्ला कार्यान्वयन गराउन उर्दी जारी गरेको छ । बरु गरिएको बाचा अनुसार चिनीको मूल्य बढाउन सरकारले आन्तरिक जोड गरिरहेको छ ।

हाल उखु क्रसिङको समयमा किसानलाई भुक्तानी दिन नसकिने बहाना बनाउँदै व्यवसायीले सरकारसँग बाचा कार्यान्वयन गर्न भनिरहेका छन् । कमिसन लिंदाको पूर्व सहमतिअनुसार सरकार चिनीमा मूल्य बढाउन सकिदैन भन्ने स्थितिमा नै छैन । तर व्यवसायीहरु सरकारलाई निरन्तर दबाब दिइरहेका छन् ।

सरकारले एउटा निहुँ त बनाउनु पर्यो भनी ती चिनी व्यवसायीसँग कुरा गरेपछि उद्योगीहरुले गत २२ पुसमा चिनी उद्योगमा समस्या परेको र सोको निराकरण गराई पाऊँ भनी उद्योगीले नयाँ क्रसिङका लागि चिनीको उत्पादन मूल्य ७८ रुपैयाँ १० पैसा प्रतिकिलो कायम गरी सरकारसमक्ष माग गर्न पुगगेका छन् । स्मरण रहोस् २०७५ साल लाग्दै गर्दा २६ वैशाखमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको कारखाना अनुगमनको क्रममा चिनीको प्रतिकेजी उत्पादन मूल्य अधिकतम ५६ रुपैयाँ ५० पैसाभन्दा कम नै रहेको आँकडा निकालेको थियो ।

अहिले चिनी उद्योगीहरुसँग ४० हजार मेट्रिक टनभन्दा बढी स्टक छ । तर कृत्रिम अभाव सिर्जना गरी चिनीको मूल्य बढाउनु पर्नेमा उनीहरुको जोड छ । चिनी स्टकमा होस् कि अभाव, सरकारले कमिसन खाएर गरेको सहमति लागू हुनै पर्छ भन्नेमा उनीहरु कम्मर कसेर लागेको देखिन्छ ।

मौज्दात चिनीलाई बढी मूल्यमा बिक्री गर्न चिनी व्यवसायीहरुले प्रतिकिलोमा २० रुपैयाँ ६० पैसा बढाउन खोजेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर