काठमाडौं । अखिल नेपाल किसान संघ (क्रान्तिकारी) ५ नम्बर प्रदेश स्तरीय भेला शुक्रवार बुटवलमा भव्यरुपमा सम्पन्न भएको छ । पार्टी तथा पार्टीसँग सम्बद्ध सबै जनवर्गीय संगठनहरुको भेला तथा सम्मेलनहरु गरी घोषित संघर्षलाई अघि बढाउने क्रममा यो भेला सम्पन्न भएको हो । नेकपा (क्रान्तिकारी माओवादी) ले फागुन तथा चैत्र महिनाका फागुन १ र चैत्र २४ लाई लक्षित गरी देशव्यापी मेची महाकाली अभियान तय गरेको छ । यो अभियानलाई प्रभावकारी बनाउन माघ महिनाभर सिंगो सांगठनिक तयारी अघि बढिरहेको बताइएको छ ।
यसै सिलसिलामा बुटवलमा सम्पन्न ५ नम्बर प्रदेश किसान भेलाले २१ सदस्यीय प्रदेश सम्मेलन आयोजक समिति गठन गरेको छ । यसका संयोजकमा बर्दियाका खड्गबहादुर मल्ललाई चयन गरिएको छ । सदस्यहरुमा छबी खरेल (परासी), लक्ष्मीकान्त पौडेल (रुपन्देही), विनोद मरासिनी (रुपन्देही), नन्दराम रोकाया (दाङ), कमल उप्रेती (कपिलवस्तु), ऋषिराम चौधरी (बाँके), रामजी चौधरी (दाङ), प्रेम थापा (बाँके), केजीकुमार पौडेल (रुपन्देही), लालबहादुर पुन (रोल्पा), कल्लु थारु, (बर्दिया), खोमबहादुर सिंजाली (गुल्मी), भोजबहादुर मश्राङगी (पाल्पा), ऋषिराम लामिछाने (रुपन्देही), अनन्त भण्डारी (बाँके), प्रेम सोमाई (प्युठान), गोपाल ओली (रोल्पा), गुणनिधि पोखरेल (परासी) रहेका छन् ।
भेलामा अखिल नेपाल किसान संघ (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष भूमिश्वर कँडेल, नेकपा (क्रान्तिकारी माओवादी) ५ नम्बर प्रदेशका सचिव क. प्रमोद, फ्र्याक्सन इञ्चार्ज क. जीवराज शर्मा र सीसीएम् क. शिशिरको विशेष उपस्थिति थियो ।