विराटनगरमा अज्ञात वस्तु विस्फोट हुँदा एकको मृत्यु, एक घाइते

विराटनगरमा अज्ञात वस्तु विस्फोट हुँदा एकको मृत्यु, एक घाइते

सांकेतिक फाेटाे

विराटनगर । विराटनगर महानगरपालिका–१५, रामजानकी टोलमा एउटा अज्ञात वस्तु विस्फोट हुँदा एक बालकको मृत्यु भएको छ ।
विस्फोटमा परी स्थानीय सुवास मण्डलको छोरा अमित मण्डलको मृत्यु भएको छ भने सोही स्थानका स्थानीय राजेश मण्डलकी आठ वर्षीया छोरी राधिकाकुमारी घाइते छन् ।

अमितको गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते बालिकाको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

स्थानीय अनिल मण्डलका अनुसार खेल्ने क्रममा सिलिन्डर पड्किएर बालकको मृत्यु भएको हो । प्रहरीले भने विस्फोट स्थलमा सिलिन्डर पड्किएको केही प्रमाण फेला नपरेको बताएको छ । विस्फोटको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।