कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिका–१० को कुत्तियाकभर नजिक नेपाल–भारत सीमा क्षेत्र दशगजामा आपसी विवादका कारण भारतीय एसएसबीका जवानहरूले गोली चलाउँदा स्थानीयहरु त्रसित बनेका छन् ।

रक्सीले लठ्ठिएका भारतीय एसएसबीका जवानहरबीच विवाद हुँदा बिहीबार साँझ उक्त क्षेत्रमा गोली चलेको हो । स्थानीयको अनुसार सीमा स्तम्भ नम्बर २१ नजिक ११ राउण्ड गोली चलेको थियो । पछि भारतीय सुरक्षाकर्मीले भने गोली चलाउने दुबैलाई नियन्त्रणमा लिईसकेको बताएको छ ।

हार्दिक शुभकामना !

लगातार गोलीको आवाज आउन थालेपछि सशस्त्र प्रहरी बल विओपी दोधारा चाँदनी र इलाका प्रहरी कार्यालय दोधाराको टोली सीमा क्षेत्र पुगेको थियो । सीमा क्षेत्रमा गोली चलेपछि सशस्त्र प्रहरी र इप्रका जवानले सुरक्षा दिइरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतका अनुसार, ‘सीमा क्षेत्रमै एसएबीका जवानबीच विवाद हुँदा गोली चलाइएको बुझिएको छ । यो भारतीय क्षेत्रमै हो नेपालतर्फ केही भएको छैन ।’ उनले नेपालतर्फ कुनै किसिमको त्रासको वातावरण नभएको उल्लेख गरे ।

एसएसबीका जवानले चलाएको गोलीका ६ वटा खोका स्थानीय टेक बहादुर सुनारको आँगनमा फेला परेका छन् । दशगजा क्षेत्रमा गोली चल्न थालेपछि स्थानीय बासिन्दाको भागाभाग समेत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर