काठमाडौं । यस वर्षको माघी पर्व धुमधासँग मनाइँदै छ । आम रुपमा कन्दमूल र विशेष गरी तरुलको परिकार खाइने यो पर्व नेपालभर विविध स्वरुपमा मनाइन्छ । जनजातिहरुमा यसलाई विशेष पर्वका रुपमा मनाइन्छ । थारु जातिको त यो प्रमुख चाड नै हो । मगर जातिले यो पर्व पनि विशेष पर्वका रुपमा मनाउँछन् ।

हार्दिक शुभकामना !

ब्राह्मणक्षेत्री जातिले पनि यो पर्वलाई उत्तिकै महत्व दिने गरेका छन् । यिनीहरु यो पर्वलाई घ्युखिचरी पर्वका रुपमा मनाउँछन् । तर पनि माघी भनेको नेपालका सबै जातिहरुले कन्दमूल खाने पर्वका रुपमा मनाउने गरेका छन् । नेवार समुदायमा माघी उत्तिकै महत्वका साथ मनाइन्छ । यसलाई चाकु खाने पर्वका रुपमा नेवारहरुले लिने गरेको पाइन्छ ।

माघी थारु जातिका लागि भने विशेष महत्वको पर्व हो । उनीहरुका लागि यो नयाँ वर्ष पनि हो । माघ १ लाई मुक्ति ददिवसका रुपमा पनि लिने गरिन्छ । अहिले कमलहरी प्रथा उन्मूलन भएको घोषणा गरिएको छ । तर केही समय अघिसम्म यो प्रथा नेपालमा कायै थियो । थारु जातिमा बाबाआमाहरुले आफ्ना छोरीहरु अरुको घरमा कमलहरी राख्न पठाउने गर्दथे । यो सिंगो एकवर्षका लागि कबोल हुने गर्दथ्यो । यदी उनीहरुले कमलहरी बस्न पठाएको घरमा बस्न चाहेनन् भने पनि माघीसम्म त करबलले पनि बस्नु पर्दथ्यो ।

कमलहरीहरु त्यस घरमा बस्न र काम गर्न मानेनन् भने माघीको नयाँ वर्षमा उनीहरुलाई अरु घर वा मानिसहरुकहाँ जानका लागि रोजाइन्थ्यो । तर कमलहरी भने बस्न जानै पर्ने बाध्यता उनीहरुमा थियो । यो अरु केही कारणले नभएर गरीबिका कारणले हुने गरेको थियो । आमाबाबुले यत्ति मात्र भन्दथे– ‘साहुको घरमा काम गर्न बसेपछि पेटभरि त खाना खान पाउने छन् ।’

बधुँवा प्रथा, कमलहरी प्रथा, भूदास प्रथा नेपालमा पछिल्लो समयसम्म पनि कायमै रहयो । भूमिको असमान वितरण र जमिन्दारी प्रथा कुन कुनै रुपमा अझै पनि कायमै छ । दबन्दीका लागि केही कानून निर्माण गरिए पनि ती सबै साहु र जमिन्दारका पक्षमा गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर