हाम्राे क्रान्ति भनेकाे कृषि क्रान्ति हाे, वर्ग संघर्ष उठाउने भनेकाे किसान संगठनले हाे : सीपी गजुरेल

हाम्राे क्रान्ति भनेकाे कृषि क्रान्ति हाे, वर्ग संघर्ष उठाउने भनेकाे किसान संगठनले हाे : सीपी गजुरेल

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गाैरवले अबकाे क्रान्ति भनेकाे कृषि क्रान्ति भएकाे बताउनु भएकाे छ ।

उहाँले पार्टी निकट क्रान्तिकारी किसान महासंघकाे दाेस्राे राष्ट्रिय भेलाकाे उद्घाटन गर्दै यस्ताे बताउनु भएकाे हाे । कार्यक्रममा प्रमुख अतिथिकाे आशनबाट बाेल्दै उहाँले वर्गसंघर्ष उठाउने संगठन भनेकै किसान संगठन भएकाे पनि बताउनु भयाे । नयाँ ढंगले क्रान्तिकाे तयारीका लागि आम किसानहरुमा संगठन सञ्जाल विस्तारकाे नीतिसहित अगाडि बढ्न शुभकामना दिदै उहाँले अब नयाँ जनवादी क्रान्तिकाे कार्यभार पूरा गरी वैज्ञानिक समाजवादी क्रान्तिकाे लक्ष्य पूरा गर्न क्रान्तिकारी किसान संगठनकाे महत्वमाथि प्रकाश पार्नु भयाे ।
त्यसैगरी राष्ट्रिय भेला सफलताकाे शुभकामना मन्तव्य राख्दै पार्टीका ९ नं ब्यूराे इन्चार्ज दिनेश शर्मा सागरले अहिलेकाे बजेट भाषणले सर्वहारावर्गलाई झनै उत्पीडनमा मल्हमपट्टी लगाउनु पर्नेमा उल्टाे नुन छर्कने काम गरेकाे बताउनु भयाे । उहाँले अहिलेकाे विषम परिस्थितिमा क्रान्तिकारीहरुले आफैभित्र क्रान्ति गर्न जरुरी रहेकाे पनि बताउनु भयाे ।
जबस माेर्चाहरुकाे तर्फबाट शुभकामना मन्तव्य राख्दै प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारीले जनवादी क्रान्ति हुँदै साम्यवादसम्म पुग्ने सपना बाेकेकाे संगठन किसान संगठन हाे भन्दै याे संगठनलाई बलियाे बनाएर लैजानुपर्ने आवश्यकतामा जाेड दिनुभयाे ।
पार्टीका सल्लाहकार समितिका सचिव कमल चाैधरीले क्रान्तिमा किसान संगठनले विगत र वर्तमानमा खेलिरहेकाे भूमिकाकाे चर्चा गर्दै राष्ट्रिय भेला सफलताकाे शुभकामना दिनुभयाे ।
क्रान्तिकारी महिला संगठनकी नेतृ शारदा महतले क्रान्तिकाे आवश्यकता अनुसार किसान संगठनलाई परिचालन गर्न नसकिएकाे भन्दै आगामी दिनमा याे संगठनले भावी क्रान्तिमा महत्वपूर्ण भूमिका खेल्न शुभकामना दिनुभयाे ।
अखिल नेपाल आदिवासी जनजाति महासंघका संयाेजक पवनमान श्रेष्ठले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नकाे लागि किसान संगठन जुझारु र सशक्त हुन सकाेस् भन्ने शुभकामना दिनुभयाे । संगठनविना नीतिले मात्र काम नगर्ने भन्दै संगठन विस्तार सुदृढीकरणमा जाेड दिन सुझाव दिनुभयाे ।
कार्यक्रमकाे अध्यक्षता सीताराम तामाङले गर्नुभएकाे थियाे भने सञ्चालन संगठनका महासचिव धनेश्वर पाेखरेलले गर्नुभएकाे थियाे । कार्यक्रममा क्षेत्र बहादुर थापाले स्वागत मन्तव्य राख्नु भएकाे थियाे ।
मैनबत्ति बालेर उद्घाटन गरिएकाे राष्ट्रिय भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समितिका सदस्यहरु रामसिंह श्रीस, हरिभक्त कडेल प्रतीक, क्रान्तिकारी ट्रेड युनियन महासंघका संयाेजक इश्वर तिमिल्सिना, अखिल (क्रान्तिकारी)का अध्यक्ष महेश श्रेष्ठ, विगेसाे अध्यक्ष पदमसुन्दर लिम्बू, इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखी, क्रान्तिकारी युवा संगठनका संयाेजक दाेर्ची शेर्पा, पत्रकार मनु विक र अनु निराैला लगायतकाे उपस्थिति रहेकाे थियाे ।