राष्ट्रघाती बालेन्द्र सरकारको विघटन र स्वाधीन संयुक्त सरकारको गठनका निम्ति सशक्त संघर्षमा जुट्न आव्हान

राष्ट्रघाती बालेन्द्र सरकारको विघटन र स्वाधीन संयुक्त सरकारको गठनका निम्ति सशक्त संघर्षमा जुट्न आव्हान

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले एक प्रेस वक्तव्य जारी गरी बालेन्द्र शाहको पछिल्लो राष्ट्रघाती अभिव्यक्तिले उनी भारतीय विस्तारवादको भरपर्दो दलाल भएको तथ्य राम्रोसँग पुष्टि भएको उल्लेख गर्दै प्रधानमन्त्री बालेन्द्र शाहको यो राष्ट्रघाती अभिव्यक्तिको तीव्र निन्दा र घोर भत्र्सना गरेको छ ।
पार्टी प्रवक्ता सुदर्शनले जारी गरेको वक्तव्यमा भनिएको छ, “यो स्थितिमा देशको राष्ट्रिय स्वाधीनताको रक्षाका लागि एकमात्र विकल्प भनेको राष्ट्रघाती बालेन्द्र सरकारको विघटन र स्वाधीन संयुक्त सरकारको गठन हो । यसका लागि हाम्रो पार्टी सम्पूर्ण देशभक्त, प्रगतिशील, क्रान्तिकारी जनवादी, वामपन्थी, क्रान्तिकारी कम्युनिस्ट पार्टी, समूह तथा व्यक्तित्वहरूका बीच राष्ट्रिय राजनीतिक सम्मेलन मार्फत् एउटा बलियो संयुक्त मोर्चा निर्माण गरी सशक्त संघर्षमा जुट्न हार्दिक आह्वान गर्दछ । नेपाल जोगाउने र बनाउने यो मात्र एउटा विकल्प हो ।”
वक्तव्यको पूर्णपाठ यस्तो छ ः
हिजो २०८३ जेठ १७ गते व्यवस्थापिका संसदमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले “मैले प्रधानमन्त्री भएपछि थाहा पाएँ नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ” भनी दिएको अभिव्यक्तिप्रति नेपाली सर्वहारा वर्गको अग्रदस्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
अमेरिकी साम्राज्यवादद्वारा प्रायोजित जेन–जेड “विद्रोह” पछि भारतीय विस्तारवाद समेतको सहमति र नेपाली सेनाको सक्रियतामा एमाले–कांग्रेस सरकार अपदस्त गरी बनाइएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गराएको कथित निर्वाचनमार्फत् यो दलाल तथा फासीवादी बालेन सरकार बनेको कुरा हाम्रो पार्टीले पहिलेनै सार्वजनिक गरिसकेको थियो । बालेन्द्र शाहको यो पछिल्लो राष्ट्रघाती अभिव्यक्तिले उनी भारतीय विस्तारवादको भरपर्दो दलाल भएको तथ्य राम्रोसँग पुष्टि भएको छ । हाम्रो पार्टी प्रधानमन्त्री बालेन्द्र शाहको यो राष्ट्रघाती अभिव्यक्तिको तीव्र निन्दा र घोर भत्र्सना गर्दछ ।
हिजोको बालेन्द्र शाहको यो अभिव्यक्ति र गत १५ गते प्रस्तुत वार्षिक बजेट समेतको अध्ययन गर्दा यो सरकारबाट देशको सार्वभौमिकता तथा भौगोलिक अखण्डताको रक्षा र नेपाली श्रमजीवि वर्गको हित हुन नसक्ने कुरा प्रष्ट भएको छ । यो स्थितिमा देशको राष्ट्रिय स्वाधीनताको रक्षाका लागि एकमात्र विकल्प भनेको राष्ट्रघाती बालेन्द्र सरकारको विघटन र स्वाधीन संयुक्त सरकारको गठन हो । यसका लागि हाम्रो पार्टी सम्पूर्ण देशभक्त, प्रगतिशील, क्रान्तिकारी जनवादी, वामपन्थी, क्रान्तिकारी कम्युनिस्ट पार्टी, समूह तथा व्यक्तित्वहरूका बीच राष्ट्रिय राजनीतिक सम्मेलन मार्फत् एउटा बलियो संयुक्त मोर्चा निर्माण गरी सशक्त संघर्षमा जुट्न हार्दिक आह्वान गर्दछ । नेपाल जोगाउने र बनाउने यो मात्र एउटा विकल्प हो ।
मिति ः जेठ १८, २०८३