काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज सँसदमा दिएको विवादास्पद अभिव्यक्तिको विरोध शुरु भएको छ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले नेपालले पनि भारतको धेरै ठाउँमा जमिन मिचेको गम्भीर राष्टघातप्ी भनाइ राखेपछि सर्वत्र विरोध र आलोचना शुरु भएको छ ।
अखिल (समाजवादी) ले माइतीघरमा प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध साढे ५ बजेदेखि प्रदर्शन थालेको छ । विभिन्न क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थीहरुले पनि सोही स्थानमा विरोध कार्यक्रम राखेको छ ।
प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिको सीमाविद् तथा भारतका लागि पूर्व राजदूतहरुले खण्डन गरेका छन् । उनीहरुले हालसम्म नेपालले भारतीय भूभाग मिचिएको विषय कहीं कतै नउठेको बताएका छन् ।
बालेनले यस्तो राष्टघाती कदम बोलेपछि भारतीय मिडियाहरुले भने खुशी व्यक्त गरेका छन् । नेपालविज्ञ भनेर चिनिने एसडी मुनिले त बालेन्द्र साहलाई बधाई समेत दिएका छन् ।































