काठमाडौं । चोलेन्द्रशमशेर जबराले बुधवार सर्वोच्चको प्रधानन्यायाधीशको पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपतिय भवन शितल निवासमा उनले सपथ ग्रहण गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जवराले सपथ लिंदाको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख कृष्णबहादुर महरा लगायतका अन्य विशिष्ट अतिथिहरुको पनि उपस्थिति थियो ।

सपथग्रहणपछि जबराले सर्वोच्च अदालत पुगेर आजै कार्यभार सम्हालेका छन् । कार्यभार सम्हालेको दिन बुधवार नै उनले पेसीसमेत तोक्ने छन् । निकै खिचातानी र विवादलाई पन्छाएर प्रधानन्यायाधीश बन्न सफल जवरा समयावधिका हिसाबले आउँदो चार वर्षसम्म प्रधानन्यायाधीश पदमा बहाल रहने छन् ।

हार्दिक शुभकामना !

संसदीय सुनुवाई विशेष समितिले उनलाई मंगलबार सर्वसम्मत अनुमोदन गरेपछि प्रधान न्यायाधीशका लागि ढोका खुलेको थियो । सुनुवाई समितिमा उठाइएका प्रश्नहरुको जवाफमा जवराले बदनियत नराखेर कार्यसम्पादन गर्ने प्रतिवद्धता जनाउँदै व्ल्याकमेलिङको आरोपबाट छुटकारा दिन अनुरोध गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर