काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) ललितपुरले भित्ते लेखन सुरु गरेको छ । ललितपुरको गोदावारी नपाको चापागाउँबाट भित्ते लेखन सुरु गरिएको पार्टीका ललितपुर इन्चार्ज हरिकृष्ण गजुरेलले बताए ।

हार्दिक शुभकामना !

उनका अनुसार देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको चैत्र २४ मा हुने राष्ट्रिय सम्मेलनलाई लक्षित गरी भित्ते लेखन, कोणसभा, चोकसभा, संगठन र संघर्षका कामलाई अभियानको रुपमा अगाडि बढाउने कार्यक्रम तय गरिएको छ ।

इन्चार्ज हरिकृष्ण गजुरेल, सेक्रेटरी श्याम केसी, देजमो संयोजक इन्दिरा अधिकारी, नेवाः मोर्चाका संयोजक जगदीश्वर महर्जनलगायत नेताहरुको सहभागिता सुरु गरिएको भित्ते लेखनमा ‘संघीय जनगणतान्त्रिक नेपाल– जिन्दावाद, पश्चगामी संविधान– खारेज गर, नेकपा (क्रान्तिकारी माओवादी)– जिन्दावाद, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल– जिन्दावाद, सडक विस्तारको नाममा ऐतिहासिक सम्पदा तथा बस्ती मास्न पाइँदैन ।’ भन्ने नाराहरु लेखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर