क्रान्तिकारी ट्रेड यूनियन महासंघले १८ बैशाखमा राष्ट्रिय सम्मेलन गर्ने

क्रान्तिकारी ट्रेड यूनियन महासंघले १८ बैशाखमा राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले ०७६ साल बैशाख १८ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । महासंघको शुक्रबार काठमाडौंको बुद्धनगरमा बसेको केन्द्रीय सचिवालयको बैठकले मजदुर दिवसको दिन पारेर सम्मेलन गर्ने निर्णय गरेको हो ।


महासंघले सम्मेलनलाई लक्षित गर्दै ७ वटै प्रदेशको भेल ागर्ने, विभिन्न पेशागत घटक संघहरुको भेला तथा सम्मेलनहरु गर्ने र देशव्यापी रुपमा मजदुरहरुका मुद्दाहरुलाई लिएर अभियान सञ्चालन गर्ने समेत निर्णय गरेको छ ।

महासंघका केन्द्रीय संयोजक इश्वर तिमिल्सिनाको अध्यक्षता तथा सञ्चालनमा बसेको बैठकमा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’, पार्टी पिविएम तथा महासंघका फ्र्याक्सन इन्चार्ज दिनेश शर्माको उपस्थिति रहेको थियो ।