विभिन्न कारणले युएईमा १ वर्षभित्र १०३ नेपाली कामदारको मृत्यु

प्रकाशित मिति : २०७५ पुस २२

दुबई । नेपाली दुतावास आबुदाबीले सन् २०१८ मा वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएइ) आई मृत्यु हुने नेपालीहरुको विवरण सार्वजनिक गरेको छ । सो विवरणको आधारमा एक वर्षको अवधिमा १०३ जना नेपालीको मृत्यु भएको तथ्यांक उल्लेख गरिएको छ ।

सो विवरणमा सबैभन्दा धेरैको मृत्यु प्राकृतिक कारणले भएको देखिएको छ । जसमा ३ महिला र ४४ पुरुष रेहका छन् । दोस्रोमा भने आत्महत्याबाट मृत्यु गर्नेको संख्या धेरै छ । जसमा महिलाको संख्या ३ र पुरुषको संख्या ३० रहेको छ । त्यसैगरी दुर्घटनामा मृत्यु हुने महिलाको संख्या २ र पुरुषको संख्या २१ रहेको छ ।

त्यस्तै, शव पठाउन बाँकी हार्ट अट्याकबाट मृत्यु भएका सूर्य बिकको मृत्युको कारण अझै अनुसन्धान चरणमा रहेको बताइएको छ । साथै अमृतबहादुर कार्की र आशोक भट्टराई र आफ्नै महिला साथीको चक्कु प्रहारबाट हत्या गरिएकी काठमाडौंकी सृजना बरालको घटना पनि अनुसन्धानकै चरणमा रहेको दुतावासले जनाएको छ ।

युएइको सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरिसकेपछि बाँकी रहेका व्यक्तिको शव नेपाल पठाइने नेपाली दुतावास युएईका श्रम सहचारी मोति सागर भुसालले जानकारी दिए ।