काठमाडौं । बाँकेको कोहलपुरमा कर्तव्य ज्यान मुद्दा लागेर फरार रहेका एक अभियुक्त पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । स्थायी घर बाँकेको राप्ती सोनारी गाउँपालिका भएका २१ वर्षीय युवराज गिरी गोली लागेर घाइेत भएका छन् । उनको बाँया खुट्टामा गोली लागेको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमेश बहादुर सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले अभियुक्त गिरीलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो ।

हार्दिक शुभकामना !

पुस २६ गते प्रहरी सहायक निरीक्षक (असई) को परीक्षामा सहभागी हुन आएका सुर्खेतका दिपक सिंहको कोहलपुरमा घाँटी रेटेर हत्या गरिएको थियो । सिंहको घाँटी रेटी हत्या गरेको घटनामा गिरी संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुलेपछि बुधबार उनलाई नियन्त्रणमा लिन खोजिएको थियो । हत्यामै संलग्न र मुख्य योजनाकार भरत शाहीलाई भने गए राती सुखेतको पलाँटे बजारबाट पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

मुख्य योजनकार शाहीले दीपक सिंहलाई ‘प्रहरीमा जागिर लगाइदिन्छु’ भन्दै उनीसँग डेढ लाख पैसा लिएको र जागिर लगाउन नसकेपछि पैसा माग्ने क्रममा विवाद भएको थियो । सोही विवादपछि भरतले युवराज गिरीको सहयोगमा सिंहलाई घाँटी रेटेर, चुप्पी प्रहार गर्दै विभत्स तरिकाले हत्या गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर