क्रान्तिकारी माओवादीको भित्ते लेखनमा प्रहरी हस्तक्षेप, नेता गौतम पक्राउ

प्रकाशित मिति : २०७५ माघ ६


सुर्खेत । नेकपा (क्रान्तिकारी माओवादी) सुर्खेतले थालेको भित्ते लेखनमा प्रहरीले हस्तक्षेप गरेको छ । भित्ते लेखनमा जुटेका क्रान्तिकारी माओवादीका कर्णाली प्रदेश सदस्य इन्द्रप्रसाद गौतम र सुर्खेत जिल्ला सदस्य डिल्ली कठायतलाई प्रहरीले पक्राउ गरेको पार्टी केस दीपक शाहीले जानकारी दिएका छन् ।
भित्ते लेखनमा प्रहरीले हस्तक्षेप गरी नेता कार्यकर्ता गिरफ्तार गरेपछि क्रान्तिकारी माओवादीका केस तथा कर्णाली प्रदेश निमित्त सचिव कृष्ण गुरुङ, केस तथा दैलेख इन्चार्ज दिपक शाही, सुर्खेत सचिव श्याम कार्की लगायतका नेताहरु जिल्ला प्रहरी कार्यालय पुगेका छन् । र नेता शाहीका अनुसार पक्राउ परेका नेता कार्यकर्ताहरुको रिहाईका लागि नेताहरुले एसपी वसन्त रजौरियासँग छलफल भइरहेको छ ।

यस्ता छन् भित्ते लेखनका नाराहरु