बाँके । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल बाँके जिल्लाका गाउँपालिका तथा नगरपालिकाहरुको भेला सम्मेलनहरु सम्पन्न गर्ने क्रममा राप्तीसोनारी र नरैनापुरको सम्मेलन भव्य रुपमा सम्पन्न भएको जनाइएको छ ।

हार्दिक शुभकामना !

यही माघ २३ गतेको जिल्ला सम्मेलनलाई मध्यनजर गरी जिल्लाव्यापी रुपमा सम्पन्न हुँदै गरेका बेला देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका स्थानीय भेला तथा सम्मेलनहरुमा यी दुवै गाउँपालिकाहरुको सम्मेलन सम्पन्न गरिएका हुन् ।

जिल्ला सम्मेलन पूर्व अब नेपालगञ्ज उपमहानगरपाकिा र डुडुवा गाउँपालिकाको सम्मेलन हुन मात्र बाँकी रहेको बताइएको छ । यी दुवैका सम्मेलन पनि आइतवार र सोमवारभित्र गरिसक्ने बताइएको छ । प्राप्त समाचार अनुसार ८ वटा निकायहरुमध्ये यी दुईवटा मात्र बाँकी छन् ।

माघ २३ गते देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल बाँकेको जिल्ला सम्मेलन सम्पन्न गर्ने गरी तयारी पूरा भइसकेको पनि बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर