नेकपा (क्रान्तिकारी माओवादी) बाग्लुङ जिल्लाको १२औं जिल्ला सम्मेलन पर्यटकीय नगरी ढोरपाटनमा भव्य रुपमा सम्पन्न गरिएको छ । जिल्लाका गाउँपालिका तथा नगरपालिका भेला तथा सम्मेलनहरु सम्पन्न गरिकेपछि जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न गरिएको हो । सम्मेलनले सेक्रेटरी पूर्णबहादुर गुरुङको नेतृत्वमा ३५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।

हार्दिक शुभकामना !

सम्मेलनबाट निर्वाचित ३५ सदस्यीय जिल्ला समिति सदस्यहरुबाट ११ सदस्य रहने गरी सचिवालय निर्माण गरिएको छ । सम्मेलनबाटै सल्लाहकारहरुको पनि चयन गरिएको छ । चयन गरिएका सल्लाहकार समितिका पाँच सदस्यहरुबाट एम गुरुङको अध्यक्षतामा सल्लाहकार समिति निर्माण गरिएको बताइएको छ ।

नवनिर्वाचित सचिवालय सदस्यहरुमा गुन्जबहादुर घर्तीमगर, गुन्जबहादुर भण्डारी, गोविन्द परियार, हेमेन्द्र घर्तीमगर, अमृत घर्तीमगर, तेजकुमारी घर्तीमगर, विज्ञान, गोविन्द कालामगर, विक्रम थापा चयन भएको बताइएको छ । त्यसै गरी सदस्यहरुमाकुमारी पुन, वीरबहादुर विक, लालबहादुर, शिवध्वज पुन, मनकुमारी घर्तीमगर, नन्दमाला, हेमन्त विक, वीरबहादुर रोका, विजय थापा, प्रेम नेपाली, कुलदीप, गोुल अर्गेजा, नरेन्द्र पुन, थमन थापा, थमन विक, ओमबहादुर श्रीपाली, माया सापकोटा, हर्कबहादुर रोका, कुमार थापा, पदम छन्त्याल र पुजन चयन भएको बताइएको छ । ३५ जनाको जिल्ला कमिटीमा ५ जना पछि थप गर्ने गरी हाललाई खाली राखिएको छ ।

कार्यक्रका मुख अतिथिको रुपमा पार्टीका स्थायी समिति सदस्य क. गौरव, विशिष्ट अतिथिमा पोलिट व्युरो सदस्य केशबहादुर परियार, पार्टी केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज रामजी थापा, पर्वत जिल्ला इन्चार्ज तेजेन्द्र पौडेंलको उपस्थििति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर