सुर्खेत । नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिगले सर्खेतका भ्रष्ट कर्मचारीलाई कालोमोसो दलेको छ ।
प्राप्त जानकारी अनुसार क्रान्तिकारी युवा लिग, नेपाल सुर्खेतको एक टोलीले जिल्ला मालपोत कार्यालयका भ्रष्ट सुचना अधिकृत नरबहादुर घर्तीलाई कालोमोसो दलेको हो ।

हार्दिक शुभकामना !

सुर्खेतका युवा नेता हिमाल शाहीले दिएको जानकारी अनुसार भ्रष्ट कर्मचारीको रुपमा बदनाम घर्तीलाई उनकै कार्यकक्षमा कालोमोसो दलिएको हो । उनलाई युवा लिगको टोलीले ३ ः ३० मा कालोमोसो दलेको शाहीले बताए ।

वाडबडी घोटालाका मुख्य दोषी सुगतरत्न कंसकारलाई कालोमोसो दलेर भ्रष्टाचारीमाथि कारबाही थालेको क्रान्तिकारी युवा लिगले देशैभर यो अभियान चलाउने बताउँदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर