प्रतिरोधमा उत्रने सुकुम्बासीहरुको चेतावनी

काठमाडौं ।  सर्लाही जिल्लाको ढुंग्रेखोलामा सरकारले सुकुम्बासी किसानहरुमाथि गरेको दमनका विरुद्धमा आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघका नेताहरुले सरकारले सुकुम्बासीहरुको गाँस, बास खोस्ने अमानवीय दमन जारी राखे कडा प्रतिरोधमा उत्रने चेतावानी दिएका छन् । संघका महासचिव सन्ध्या प्रधानले बिहीबार रिपोटर्स क्लवमा गरिएको पत्रकार सम्मेलनमा भने, “सुकुम्बासीले ०३० सालदेखि ऋणपान गरेर खनजोत गरी अन्नबाली […]

लोमाङथाङमा सेनाको ब्यारेक राख्ने तयारी

काठमाडौं । सरकारले लोमाङथाङमा नेपाली सेनाको ब्यारेक राख्ने तयारी थालेको छ । नेपाल–चीनबीचको तेस्रो ठूलो कोरला नाका छिट्टै खोल्ने तयारी थालेको सरकारले लोमाङथाङमा सेनाको ब्यारेक बनाउनेबारेमा तयारी थालेको हो । कोरला नाका खोल्ने सरकारको प्रस्तावसँगै लोमाङथाङ्मा नेपाली सेनाको ब्यारेक राख्नेलगायत सीमा क्षेत्रको बस्तुस्थिति बुझ्न तीन जना उपप्रधानमन्त्रीसहितको उच्चस्तरीय टोलीले विहीबार कोरला नाका क्षेत्रको स्थलगत भ्रमण […]

सशांकको स्वास्थ्यमा चामत्कारिक सुधार

काठमाडौं । बीपीपुत्र तथा नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाको स्वास्थ्यमा चामत्कारित सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । मंगलबार बेलुका ओम अस्पतालमा भर्ना भएका कोइराला बुधबार बिहानदेखि अचेत भएका थिए। सशांकको विहीबार विहानसम्म पनि खतरामुक्त नरहेको बताएका चिकित्सकहरुले उनको स्वस्थ्यमा चामत्कारिक सुधार आएको भन्दै विहीबार नै भेन्टिलेटरबाट निकालिएको छ । बुधबार बिहान एक्कासि कोइरालाको […]

कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्य सुधाराेन्मुख

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाको स्वास्थ्यमा सुधार आएको छ । यद्यपि उनको अवस्था अझै खतरामुक्त भने भइनसकेकोले भेन्टिलेटरमा नै राखेर उपचार गराईने चिकित्सकहरुले जनाएका छन् । कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उपचारमा संलग्न डा.लब जोशीले स्वास्थ्यमा उल्लेखीय सुधार आएको र मान्छे चिन्न थालेको बताएका छन् । यसअघि बुधबार अचेत रहेका […]

सुकुम्वासीमाथि बर्बरताको लाठी, पुलिसले बारीका बारी मकै फाँडे

असार २२ गते सर्लाही,  जिल्लाको ढुङरेखोला गाविसको सुकुम्बासी बस्तीमा गएको रातीदेखि कफ्र्यू जारी छ । हिजो मंगलबार दिउँसो सुकुम्बासी र प्रहरीबीच झडप भएपछि पचासौं राउण्ड गोली चलाएर ४ जनाभन्दा बढिलाई गम्भीर घाइते बनाएको छ । भिडन्तमा अरु दर्जनौं स्थानीय घाइते भएका छन् । त्यहाँ अहिले सरकारी आतङ्क छाएको छ । ढुङ्रेखोला गाविस वडा नम्बर ७ […]

राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टन आरोप मुक्त

एजेन्सी । अमेरिकाको राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टन आरोप मुक्त हनुभएको छ । अमेरिकाको संघीय जाँच आयोग एफबिआईले राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टन विरुद्ध कुनै आपराधिक आरोप दर्ता नर्गने घोषणा गरेको छ । एफबिआईले डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपति पदकी उम्मेदवार क्लिन्टनसँग उहाँ विदेश मन्त्री रहँदाको बेलाका इमेलका बारेमा अनुसन्धान गरेको थियो । तर अनुसन्धनबाट क्लिन्टन […]

भोटेकोशीले तातोपानीका १५ घर, २ टिप्पर र बेलिब्रिज बगायो

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा मंगलबार एक्कासि आएको बाढीले तातोपानी गाविसमा १५ घर बगाएको छ छ । वर्षाले बाह्रबिसे–तातोपानी सडकखण्डलाई क्षति पु¥याएको छ । मंगलबार राति १० बजे एक्कासि नदीमा बाढी आएपछि लिपिङस्थित भन्सार यार्डमा राखिएका दुईवटा टिपर बगााउनुका साथै मध्य भोटेकोसी आयोजनाले बनाएको एउटा बेलीब्रिजसमेत बगाएको प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले बताए । नदीमा […]

बीपीपुत्र सशांक आईसीयूमा

काठमाडौं । कांग्रेस महामन्त्री सशांक कोइराला एक्कासी विरामी भएपछि अस्पतालमा भर्ना गरिएको छ । मगलबार रातिदेखि अस्वस्थ भएपछि चावहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको हो । उनको आईसीयू कक्षमा राखेर उपचार भइरहेको छ । अचानक असजिलो भएपछि ओम अस्पताल पुगेका महामन्त्री कोइरालाको रक्तचाप केही न्युन रहेको देखिएपछि अस्पताल भर्ना गरिएको थियो । कोइरालाको स्वास्थ अवस्थाबारे जानकारी […]

इस्लाम धर्मावलम्बीको महान चाड इद आज, सार्वजनिक विदा भोलि

असार । इस्लाम धर्मावलम्बीको महान चाड इद भोलि (बिहीबार) मनाइने भएको छ । बुधबार बिहान इद मनाउने तयारी गरेपनि मंगलबार बेलुका चन्द्रमा नदेखिएकाले बिहीबार मात्रै इद मनाउन लागिएको हो । इदको अवसरमा सरकारले बुधबार इद नभएकाले सार्वजनिक बिदा नभएको जनाएको छ । सरकारले मुस्लिम समुदायले चन्द्रमा देखियो भनेर निवेदन दिएपछि मात्र गृह मन्त्रालयले सार्वजनिक बिदाको […]

ठोस निर्णयबिना सकियो नेपाल–भारत प्रबुद्ध समूहको बैठक

काठमाडौं । नेपाल–भारतबीच गठित प्रबुद्ध समूहको पहिलो बैठकमा दुई देशकाबीच सन् १९५० मा भएको सन्धिदेखिका सन्धि सम्झौतालगायतका द्विपक्षीय विषय पुनरावलोकन गर्नेबारेमा छलफल भएको छ । सन्धि पुनरावलोकन गर्नुपर्नेबारेमा नेपाल समूहबाट राखेको प्रस्तावमा भारतीय समूह छलफलमा गर्न तत्पर भए पनि त्यसबारे भने तीन महिनापछि दिल्लीमा पुनः छलफल गरिने भएको छ । नेपाल–भारत सम्बन्धको समग्र पक्षको अध्ययन […]