क्रान्तिकारी माओवादीले सुकुम्बासी समस्यालाई लिएर ग¥यो देशैभर प्रदर्शन

  काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले सुकुम्बासीका समस्या समाधान गर्न माग गर्दै आज देशका ७५ वटै जिल्लाका सदरमुकामहरुमा प्रदर्शन गरेको खबर प्राप्त भएको छ । नेवा राज्यले रत्नपार्कको शान्तिबाटिकाबाट निकालेको विरोध ¥याली, असन, इन्द्रचोक, न्यूरोड हुँदै भोटाहिटीमा पुगेर कोणसभामा परिणत भएको थियो । पार्टीका पूर्वी काठमाडौं संयोजक हरिकृष्ण गजुरेलले संचालन गरेको कोणसभालाई पार्टीका केन्द्रीय कार्यालय […]

क्रान्तिकारी युवाहरु विद्रोही बन्नुपर्छ: अध्यक्ष किरण

  काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले युवाहरु विद्रोही बन्नुपर्ने विचार राखेका छन् । बुधबार क्रान्तिकारी युवा लिगको बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष किरणले यस्तो विचार राखेका हुन् । उनले युवाहरुले समयमै पार्टीमा हुर्किएको गलत चिन्तन र प्रवृत्तिका विरुद्ध विद्रोह गर्न नसक्दा जनयुद्धले धोका खान पुगेको र जनवादी सत्ताका लागि बनाइएको जनमुक्ति सेनाले प्रतिक्रियावादी सत्ताको […]

अर्घाखाँचीमा जीप भीरबाट खस्यो

अर्घाखाँची । अर्घाखाँचीको हंसपुरमा आइतबार अपरान्ह जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । सन्धिखर्कबाट प्युठानको बादीकोट जाँदै गरेको ग १ ज ४८७८ नम्बरको जीप हंसपुर गाविसको रतनमारे नजिक पोषपाटामा दुर्घटना भएको हो । दुर्घटनामा ९ जनाको घटनास्थलमा र दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य चार जना घाइते […]

त्रिशूलीमा अर्को दुर्घटना, सात जनाको उद्धार

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको जलवीरे नजिकैबाट शनिबार बिहान त्रिशूली नदीमा ट्रक खसेर दुर्घटना भएको छ ।  दुर्घटनामा परेका ७ जनालाई उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।  मुग्लिनबाट बालुवा लिएर नारायणगढतर्फ आउँदै गरेको ना ३ ख ४५५६ नम्बरको ट्रक त्रिशूली नदीमा खसेको हो । ट्रक पानीमा डुबेको अवस्थामा छ ।  ट्रकबाट तीन बालबालिका, दुई […]

वैद्यले खोले एमाओवादीसँग आफ्नो पार्टीको एकता हुन नसक्नुको खास कारण

नेपालगञ्ज । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले तत्कालीन एमाओवादीसँग एकता हुन नसक्नुको कारण खुलासा गरेका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नै नयाँ जनवादी कार्यदिशा त्याग्न आग्रह गरेका कारण आफूहरुको एकता सम्भव नभएको बताएका हुन् ।  उनले नयाँ जनवादी क्रान्त्किो कार्यदिशा छाड्नेहरुसँग एकता गरको वैद्यको भनाई थियो । थारुवान, भेरी–कर्णाली र […]

युवाहरुलाई माथ गर्ने बुढा कामरेडहरुको जोश !

मूल्य र निष्ठाको राजनीति गर्न निकै गाह्रो छ नेपालमा । अवसर र स्वार्थको राजनीति गर्ने मुठ्ठिभर चल्तापुर्जाहरुको लागि भने स्वर्गतुल्य छ । पछिल्लो दशको नेपाली राजनीतिले युवा भनिएका र एक जमानामा क्रान्तिकारी छवि बनाएका मान्छेहरुमा समेत अवसरवादले नराम्ररी डेरा जमाएको देख्न पाइयो । निहीत तुच्छ स्वार्थका पछि युवाहरुलाई पनि नाङ्गै दौडाउन पनि संसदवादी नेताहरु सफल […]

नारायणघाट मुग्लिन सडकखण्डमा बस दुर्घटना, २० जनाको मृत्यु

काठमाडौं । नारायणघाट मुग्लिन सडकखण्डमा भएको बस दुर्घटनामा २० जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका ५ जनालाई उद्दार गरिएपनि बसमा कति सवार थिए भन्ने पुष्टि भएको छैन ।  रौतहटको गौरबाट पोखरा जाँदै गरेको विन्दावासिनी ट्राभल्सको ग १ ख ३७०९ नम्बरको बस चन्डिभन्ज्याङ गाविसको कालीखोलामा झण्डै सय मिटर तल नदीमा खसेको हो ।  […]

आजिवन प्रतिबन्ध लगाइएका खेलाडीको अपिल खारेज

काठमाडौं । अन्तर्राष्ट्रिय फुटवलमा आजीवन प्रतिबन्ध लगाइएका चार नेपाली फुटबल खेलाडीले गरेको पुनःविचारको अपिल एशियाली फुटबल महासंघ (एएफसी) ले खारेज गरिदिएको छ । एएफसीको अपिल कमिटीको बिहीबार बसेको बैठकले चार खेलाडी र एक प्रशिक्षकको अपिल खारेज गरिदिएको हो। एएफसीले नेपाली टोलीका तत्कालीन प्रशिक्षक अन्जन केसी, तत्कालीन कप्तान सागर थापा, विकास सिंह क्षेत्री, रितेश थापा, सन्दिप […]

इन्जिनियरिङ कलेजमा क्रान्तिकारी विध्यार्थीको अनिश्चितकालीन तालाबन्दी

काठमाडौं । शुल्कवृद्धि, अनियमितता, विकृतिलगायतका समस्याहरु हल गर्न भनी सातदिने अल्टिमेटमसहित बुझाएको मागमाथि कुनै सुनुवाइ नगरेको भन्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले त्रिभूवन विश्वविद्यालयन्तर्गतका सबै इन्जिनियरिङ कलेजमा अनिश्चितकालीन तालाबन्दी गरेको छ । संगठनकी नेवा राज्य समिति संयोजक ज्ञानु खतिवडाले बुधबार एक विज्ञप्ती जारी गर्दै यस्तो त्यस्ता कलेजहरुमा तालाबन्दी गरिएको जनाएकी हुन् । विज्ञप्तीमा भनिएको […]

दाहालको पत्रले मच्चायो हंगामा, पत्र सार्वजनिक गर्न एमालेको माग

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणको बारेमा नेपालमा समेत कुनै चर्चा नभई उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीको भारत भ्रमणका बेला मिति तय भएपनि त्यसले नेपालमा विवाद र शंका उत्पन्न गराएको छ । दाहालको भ्रमणको मिति भारतमा तय भएको भन्दै नेपालमा विरोध भइरहेका बेला प्रमुख विपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष दूत मार्फत […]