नयाँ दिल्ली । नेपाली एकता समाज भारत नयाँ दिल्ली अन्तर्गत ने.क.पा को स्थापना र १४८ औ लेनिन जयन्ति भव्य रूपमा मनाइएको छ । नेपाली एकता समाज भारत केन्द्रीय समितिको आयोजनामा सम्पन्न कार्यक्रममा केन्द्रीय उपाधक्ष्य राजु शर्मा, सोभाखर अधिकारी राज्याधक्ष्य हरि थापा र केन्द्रीय कार्यालय सदस्य सिब दाहाल र रमेश गैरेको उपस्थिती थियो ।
त्यसैगरि भारतको बिभिन्न राज्यहरुमा कार्यक्रम सम्पन भएको समाचार प्राप्त भएका छन्, जस अनुसार भारत को चण्डीगड, हुसियारपुर, पंजाब, हैदाराबाद लगायत गुजरातमा कार्यक्रम सम्पन भएका छन् । पार्टी स्थापना दिबसको बारेमा मन्तब्य राख्दै केन्द्रीय उपाध्यक्ष्य सोभाखर अधकारीले प्रबासमा भए पनि नेपाली क्रान्त्रिकारी अन्दोलनमा आफूहरु निरन्तर लागिरहने बताउनु भयो । हिजोका दिनमा प्रचण्डजस्ता घोर आत्मसमपर्णवादीलाई हामीले पहिचान गर्न नसकेर महाभुल भएको बताउनु भयो र अहिले देशमा नकल्ली बाम ओढेका नक्कली कम्युनिष्टहरुको अच्चाकली बढेको भन्दै त्यसको भाँडाफोर गर्दै अगाडी बढ्नुपर्ने बताउनु भयो ।