यसरी गरिएको थियो चीनमा साँस्कृतिक क्रान्तिलाई निषेध

यसरी गरिएको थियो चीनमा साँस्कृतिक क्रान्तिलाई निषेध

साँस्कृतिक क्रान्ति नोकरशाही राजनीतिक विरुद्ध सर्वसाधरण ग्रामीण चिनियाँ जनतालाई शक्तिशाली बनाउने पहिलो प्रयास थियो । यसले एउटा सीमित समयसम्म मात्र सफलता पायो । १९७८ मा देङ स्याओपिङ सत्तामा आएपछि साँस्कृतिक क्रान्तिलाई गरिएको पूर्ण निषेध, वसन्तको कलकलाउँदो अन्नबालीमाथि हठात परेको बाक्लो तुसारो जस्तो थियो । क्रान्तिको पाङ्ग्रा पछिल्तिर घुम्यो र चीनमा विभिन्न क्षेत्रमा विकास हुँदै गएको राजनीतिक सशक्तीकरणको प्रक्रिया ध्वस्त हुन पुग्यो ।
साँस्कृतिक क्रान्तिका बेला मिल्काइएका देङ स्याओपिङ र पहिलेका सरकारी अधिकारीहरु १९७० को दशकको अन्त्यतिर सत्तामा फर्किए । पहिलेका विद्रोही नेताहरुले तिनीहरुलाई गृहयुद्धका बेला गाउँ फर्केका जमिन्दारहरुले गठन गरेको हिंस्रक रेजिमेन्ट हुवान सियाङतुआनसँग तुलना गरेका थिए । साँस्कृतिक क्रान्ति र भूमिसुधारको थोरै ज्ञानभएका जीमोका बासिन्दाहरुको ख्याल गृहयुद्धताकाको हुवाङ सियाङअुन र साँस्कृतिक क्रान्ति पछाडि फर्केका सिसिपीका अधिकारीहरु बीच धेरै भिन्नता थिएन । भूमिसुधारका बेला जीमोका जमिन्दारहरु गरीब र भूमिहीनहरुबाट अपमानित हुनु परेजस्तै साँस्कृतिक क्रान्तिको सुरुवातको चरणमा पहिलेका थुप्रै सिसिपीका हाकिमहरु विद्रोहीहरुबाट अपमानित भएका थिए । महान् अग्रगामी छलाङका बेला पहिलेका केही सिसिपी अधिकारीहरुले आफ्नो शक्तिको दुरुपयोग गरेका थिए र सर्वसाधारण जनताको हुर्मत लिएका थिए । यसले गर्दा तिनीहरुप्रति गाउँलेहरुमा तीव्र घृणाको भाव जागेको थियो । भूमिसुधारको मौका पारेर गरीब किसानहरुले जमिन्दारविरुद्ध बदला लिएझैं साँस्कृतिक क्रान्तिको सुरुवातमा विद्रोहीहरुले शक्ति दुरुपयोगको अभियोगमा सिसिपी अधिकारीहरुलाई दण्डित गरेका थिए । साँस्कृतिक क्रान्तिका बेला सार्वजनिक आलोचना खाएका र भौतिक आक्रमण व्यहोरेका सिसिपीका अधिकारीहरुले विद्रोहीहरु विरुद्ध मनमा इवी लिने कुरा उनीहरुको लागि सही हुनसक्दथ्यो ।

विद्रोहीहरुको कुरा थियो –महान् अग्रगामी छलाङ्गका बेला केही सिसिपी हाकिमको अन्यायपूर्ण व्यवहारले सीमा नाघेको थियो । तिनीहरुले जनतालाई कामना दासझैं लादेका थिए र किसानहरु भोकभोकै मर्दा उनीहरु विलासी होटलहरुको निर्माणतिर लागेका हुन्थे । तर सिसिपीका अधिकारीहरु सोच्थे– हजारौं वर्षदेखि अधिकारीहरुले जे गर्दै आएका थिए उनीहरुले पनि मात्र त्यही गरेका थिए । उनीहले सत्ताको विशेषधिकार उपभोग गरेका थिए । अधिकारी भनेका आखिर अधिकारी थिए र सर्वसाधारण जनताभन्दा उनीहरुको धेरै अधिकार भनेका आखिर अधिकारी थिए र सर्वसाधरण जनताभन्दा उनीहरुको धेरै अधिकारहरु आफ्ना कार्यलाई पुष्टि गर्न खोज्दथे । मैले अन्तरवार्ता लिएका पहिलेका दर्जन सिसिपी अधिकारीहरु मध्ये कसैले पनि साँस्कृतिक क्रान्तिका बेला व्यक्तिगत रुपमा आफुहरुले भोगेका सास्तीका लागि उनीहरु जम्मैले “चारजनाको गिरोह” र विद्रोहीहरुलाई दोष लगाएका थिए ।

साँस्कृतिक क्रान्तिको उदाउँदो प्रजातान्त्रिक सँस्कृति दा मिङ्ग, दा फाङ्ग, दा वियानलुन र दाजीवाओ (विचारको महान् अभिव्यक्ति, महान् स्वतन्त्रता, महान् बहस र ठूला अक्षर पोष्टर) ले विद्रोही र साधारण जनतालाई शक्तिशाली बनाएको थियो । पार्टी नेताहरुले माओवादीको आफ्नो पवित्र सरकारी आचारसंहितालाई दृढतापूर्वक पालना गर्नुपर्ने आवाज उठाउँदै तिनीहरुले चिनियाँ परम्परागत नोकरशाही सँस्कृतिलाई चुनौती दिन थालेको थियो । साँस्कृतिक क्रान्तिको बेला विद्रोहीहरुको वर्चस्व कायम भएको हुँदा नयाँ राजनीतिक सँस्कृतिले जरा हाल्न थालेका थिए । परिणामस्वरुप, पहिलेका थुप्रै स्थानीय सिसिपीका हाकिम र अधिकारीहरु यस नयाँ परिपाटीमा मिलेर बस्न थालेका थिए । नयाँ शक्ति संरचनाभित्र अटाउन त्यो मात्र उनीहरुको विकल्प थियो । साँस्कृतिक क्रान्तिको सुरुवातमा अपमानित हुनु परेपनि जीमोका जम्मै पूर्व काउण्टी पार्टी अधिकारीहरु अन्तमा क्रान्तिकारी कमिटिको नयाँ शक्ति संरचनाभित्र समाहित भएका थिए । १९७६ मा माओ त्सेतुङ्गको देहवसान हुने बेलासम्म तिनीहरु नयाँ शक्ति संरचनाभित्र बसेर विद्रोहीहरुसँग काम गर्दै थिए ।

माओको देहवसानपछि चीनको राजनीतिक परिदृश्यमा तीव्र ढंगबाट फेरवदल आयो । केन्द्रमा चारजनाको गिरोहलाई गिरफ्तार गरिसकेपछि देशैभरिका सरकारी विभिन्न तहका पुराना पार्टी अधिकारीहरुले पूर्व विद्रोही नेताहरुलाई धरपकड गर्न सुरु गरे । उदाहरणको लागि हेनान प्रान्तको एउटा औद्योगिक शहर लुयाङ्गमा सयौं पूर्वविद्रोही नेताहरुलाई गिरफ्तार गरियो, शहर घुमाइयो र वेपत्ता पारियो । जीमोमा, पुनस्थापित पार्टीका पूर्व हाकिमहरु आफ्ना पूर्व चुनौतीवालाहरु माथि जाइलागे । महत्वपूर्ण सरकारी आहोदामा बसेका जीमोका जम्मै विद्रोही नेताहरुलाई तिनीहरुले निशाना बनाए । १९७७ को मेमा महत्वपूर्ण थुप्रै विद्रोही नेताहरुलाई कैद गरियो । पूर्व विद्रोही रेडगार्ड नेता र जीमो काउण्टी क्रान्तिकारी कमिटिको उपप्रमुख वाङ सिवोलाई कुनै खास अभियोगविनानै गिरफ्तार गरियो र एक वर्षभन्दा बढी जेलमा राखियो । उसका विरुद्ध अधिकारीहरुले कुनै अभियोग प्रमाणित गर्न नसकेपछि अन्तमा उ रिहा भयो । पूर्व विद्रोही नेता र जीमो हार्डवेयर फ्याक्ट्रीको सह म्यानेजर ल्यु शीसिङ्ग र पूर्व विद्रोही नेता चेङ्गगुआन कम्युनको उपप्रमुख गे देसिन दुवै जनालाई १९७७ को मे मा पदबाट बर्खास्त गरियो र १९७७ को नोभेम्बरमा गिरफ्तार गरियो । ठूलो संख्यामा भएको विद्रोही नेताहरुको गिरफ्तारीको विरोधमा, जीमो कृषि मेसिन फ्याक्ट्रीको पूर्व विद्रोही नेता जीयाओ चुआनफाले आत्महत्या ग¥यो । १९७७ नोभेम्बरदेखि १९७९ बसन्तमा पुर्नगठित जीमो पार्टी कमिटिले पूर्व विद्रोही नेताहरुलाई छटनी गर्ने पहिलो वृहत स्तरको अभियान चलाए । छटनीमा कमै विद्रोही नेताहरु बच्न सफल भए ।

१९८० को दशकको सुरुवातमा देङ स्याओपेङको सरकाले पूर्व विद्रोहीहरका विरुद्ध झनै ठूलो र वृहतस्तरको अभियान चलायो । पूर्व विद्रोहीहरुको अभियोग छानविनका लागि सरकारी विभाग, फ्याक्ट्री, विद्यालय, विश्वविद्यालय, अनुसन्धान केन्द्र जम्मैले विशेष कार्यालयको स्थापना गरे । ठूलो संख्यामा जनताले आफ्नो जागिर, घरबास गुमाए र साँस्कृतिक क्रान्तिमा गरेको आफ्नो अपराधका लागि थुप्रैलाई कैद गरियो । १९८३ डिसेम्बर ११ बाट जीमोको सिसिपी कमिटिले दोस्रो छटनी अभियान सुरु ग¥यो । साधारण भन्दा साधारणसम्मका पूर्व विद्रोहीहरुलाई छटनी गर्न प्रत्येक सरकारी कार्यालय, विद्यालय, फ्याक्ट्री र गाउँहरुलाई आदेश दिइयो । साँस्कृतिक क्रान्तिको सुरुवातमा आफ्नो हैसियत गुमाउने अधिकारीहरुबाट आफ्नो व्यक्तिगत रिसइबीका आधारमा विद्रोहीहरुलाई अभियोग लाउने कार्यले तीव्रता पायो ।

पूर्व विद्रोहीहरु विरुद्ध राष्ट्रव्यापी रुपमा चलाइएको प्रतिशोधको उन्मादले पूर्व पार्टी नेताहरुलाई भैमा न भाडामा बनाएको थियो । उनीहरु आफ्नो कार्यलाई सही सावित गर्न प्रयत्न गर्दथे । “हुवान सियाङ्गतुआन” जमिन्दारहरु गाउँमा फर्केपछि वलियोलाई कमजोरले पराजित गर्न सक्दैन भन्दै फुई लाउने गर्दथे । १९८० को दशकमा पुर्नस्थापित पूर्व पार्टी नेताहरु पनि पूर्व विद्रोहीहरुलाई त्यही कुरा भन्थे । उनीहरु भन्ने गर्दथे– “नदीले बाटो बदल्छ, पूर्वबाट बग्ने नदी समयक्रममा पश्चिमबाट बग्न थाल्दछ । तैले फेरि अन्तमा मेरो अधिनमा आउनु पर्ला भनेर सोचेको थिइनस् होला, थिइस् त ?” १९७८ मा पुर्नस्थापित भइसकेपछि, स्यापो कम्युनको पूर्व पार्टी सचिव सय सियान माशान गाउँको पूर्व चुनौतीवाला झाओ सियानलाई भेट्न गयो । उ झाओलाई सुनाउन चाहन्थो झाओले अझ ठेलागाडा ठेल्दै गर्दा, उ आफू भने अहिले जीपमा चढ्न सक्ने भइसकेको थियो ।

राजनीतिक मौसममा आएको परिवर्तनसँगै आफ्नो पदोन्नतिका लागि पुर्नस्थापित पूर्व पार्टी नेताहरु पुनः प्राप्त आफ्नो सरकारी विशेषाधिकारलाई प्रयोग गर्दै थिए । जीमो काउण्टी पार्टी कमिटिको पुर्नस्थापित पूर्व सहसचिव ली सीली भन्थ्यो –“यु क्वान बु शी ग्वाउकी जो फेइ” (सकेको बेला आफ्नो शक्तिलाई प्रयोग गर) । १९८० र ९० को दशक ग्रामीण चीनको राजनीतिक मुलमन्त्र नै यही थियो । साँस्कृतिक क्रान्तिका वर्ष अँगाल्न वाध्य आफ्ना पवित्र सिद्धान्तलाई अधिकारीहरुले चाँडै रद्दीको टोकरीमा मिल्काइदिए । जीमो अन्न ब्यूरोको पूर्व प्रमुख सन सिवाओले साँस्कृतिक क्रान्तिको गैर–उच्चर्वीय राजनीतिक सँस्कृतिलाई अँगालेको थियो । ६ जनामध्ये उसका चारजना केटाकेटी ग्रामीण इलाकामा काम गर्न गएका थिए । १९७६ मा गाउँबाट उच्च माध्यामिक विद्यालय उत्तीर्ण गरेपछि उसको कान्छो छोरो, सन यीङ्गजीनलाई उसको बाबु सन सिवाओले दक्षिण नदी गाउँको तेश्रो उत्पादन टोली अन्तरगत रही राति मल बोकेर खेतमा ओसार्ने जस्तो सबैभन्दा फोहोरी र सबैभन्दा कडा काम गर्न भनेको थियो । आफ्नो छोराले केही अनिच्छा देखाएपछि सनले उसलाई भन्यो– अरु मान्छे गर्न सक्छन्, तँ किन सक्दैनस् ? यदि तँलाई काम गर्न सुरुमा अप्ठ्यारो भयो भने म मद्दत गर्नेछु ।” तर १९८० मा राजनीतिक मौसममा परिवर्तन आएपछि उसले आफ््ना सम्पूर्ण केटाकेटीहरुका लागि सरकारी निकाय र फ्याक्ट्रीहरुमा राम्रा काम खोजिदिएको थियो ।
दक्षिण नदी गाउँको पार्टी सचिव गाउ युनलङ साँस्कृतिक क्रान्तिको दशक गाउँलेहरुसँग मिलेर वर्षमा तीनसय दिन काम गर्ने गर्दथ्यो । उ अन्य गाउँलेहरुसँग खेतमै खाना खान्थ्यो । गाउँलेहरुलाई थाहा थियो, उसको खाना आफुहरुको भन्दा पनि तल्लो स्तरको हुन्थ्यो, किनकी उसको ठूलो परिवार थियो । उसको छोरो पनि खेतमा अरुहरुले जस्तै काम गर्दथ्ये । आफुहरुसँगै रक्सी पिउन गाउलेहरुले गाउँ युनलुङकी स्वास्नीले उसलाई घरमा छिर्न दिदैनथी । तर १९७० को दशकको अन्त्यतिर राजनीतिक मौसममा परिवर्तन नहुने भनेर देङ स्याओपेङ्गले बाचा गरेपछि गाउँ शेर भयो । १९८२ पछि देखि उसले हाकाहाकी घुस लिन थाल्यो । गाउँलेहरुलाई भूमिहीन भिखारी बनाउँदै गाउँलेहरुसँग सरसल्लाहनै नगरी उसले गाउँको अधिकांश जग्गा विक्रि ग¥यो । उसले सयभन्दा बढी बाहिरीयालाई गाउँको जग्गामा नयाँ घर निर्माण गर्ने अनुमति दियो । तिनीहरु मध्ये अधिकांश माथिल्लो सरकारी अधिकारीहरुका आफन्तजन थिए । सँगसँगै आफुलाई उपहार नटक्रयाएसम्म उसले आफ्ना थुप्रै गाउँलेहरुलाई गाउँको जग्गामा नयाँ घर निर्माण गर्न अनुमति दिएन । १९८४ मा उसले गाउँको कोषबाट एउटा टोयटा कार किन्यो र त्यसलाई आफ्नो नीजि जस्तो गरेर प्रयोग गर्न थाल्यो । उ आफ्नो छोरोलाई क्वाङ्गदाओ शहरको एउटा कलेजमा भर्ना गराउन सफल भयो । हप्ताको अन्तमा उसको छोरालाई कलेजबाट घर ल्याउन र हप्ताको सुरुमा उसलाई कलेज पु¥याउन त्यस गाउँको कारलाई प्रयोग गरिएको थियो ।

राजनीतिक मौसममा आएको परिवर्तनसँगै ठूला अक्षरका पोष्टर प्रयोग गर्ने अधिकारीहरुलाई चिनीयाँ संविधानबाट हटाइयो । ठूला अक्षरका पोष्टर र महान बहस मार्फत सर्वसाधरण जनताले आफ्ना नेताको आलोचना गर्न नपाउने भए । भ्रष्टचार र शक्तिको दुरुपयोग मौलायो । जनता क्रोधित थिए तर बोल्ने कसैको हिम्मत थिएन । ठूला अक्षरका पोष्टरको प्रयोग गर्ने प्रयासलाई “अर्को साँस्कृतिक क्रान्तिको सुरुवातको” संज्ञा दिइन्थ्यो । यसको परिणाम भयानक हुन सक्दथ्यो । १९९६ मा एउटा फ्याक्ट्रीको म्यानेजरले सार्वजनिक कोषको दुरुपयोग ग¥यो किनकी त्यसको पर्दाफास गर्न कसैले आफ्नो नाम नखुलाई एउटा ठूला अक्षरको पोष्टर निकाल्यो । त्यो फ्याक्ट्री म्यानेजर क्रोधित भयो र सार्वजनिक रुपमा उसले पोष्टर लेख्नेका विरुद्ध अदालतमा नालिस गर्ने धम्कि दियो । उसले त्यसका लागि फ्याक्ट्रीको लेखापाल माथि शंका ग¥यो । उसको गैरकानुनी कार्यका बारेमा लेखापाललाई विस्तृत जानकारी थियो । म्यानेजरले मनोमानी ढंगबाट लेखापाललाई उसको त्यस जिम्मेवारीबाट हटाइदियो र कारखानामा शारीरिक श्रम गर्न पठायो ।

माथि अथवा तल दुबैतिरबाट हुने राजनीतिक नियन्त्रणबाट उद्योगधन्दाका निर्देशकहरुलाई मुक्त गर्ने परिपाटीको थालनी १९८० को दशकको सरकारी उद्योगधन्दा माथिको संकटको एउटा प्रमुख कारण थियो । थुप्रै उद्योगधन्दाले आफ्ना मजदुरहरुलाई तलब खुवाउन नसकिरहेको अवस्थामा म्यानेजरहरु भने थप मोटाउँदै गएका थिए किनकी राज्यको श्रोतमाथि उनीहरुको नियन्त्रण कायम थियो । मान्छेहरुले यस्तो घटनालाई क्वीङ्ग मियाओ फु फाङभाङ (गरीब मठका धनी मठाधीश) को सन्दर्भसँग तुलना गरेर हेर्ने गरेका थिए । देङ स्याओपिङ्गले चाङ्ग झाङ्ग फुझेझी (म्यानेजर केन्द्रीत) प्रणालीलाई बढावा दिएको थियो । यसले सम्पूर्ण अधिकारलाई म्यानेजरको हातमा केन्द्रीत गरिदिएको थियो । यस नयाँ सम्पूर्ण अधिकारलाई म्यानेजरको हातमा केन्द्रीत गरिदिएको थियो । यस नयाँ प्रणालीमा, आफुले तलब कति दिने र मजदुरलाई कति लिने भन्ने बारे म्यानेजरहरुले निर्णय गर्दथे । कसैको सरसल्लाह बेगरनै तिनीहरु सार्वजनिक सम्पत्तिलाई बेचविखन गर्न सक्दथे । त्यसपछि देखि जीमोका थुप्रै म्यानेजरहरु विलासी विदेशी कारमा चढ्न थालेका थिए, भव्य महलमा बस्दथे, भव्य भोजभतेरमा रमाउँथे, रात्री क्लबहरुमा बारम्बार जाने गर्दथे र सार्वजनिक कोषको रमक उडाउँदै महँगो विदेशी भ्रमणमा निस्कने गर्दथे । अर्कोततर्m, उनीहरु मजदुरहरुलाई आवश्यक तलब दिन अस्वीकार गर्दथे । थुप्रै ठाउँमा विना उचित क्षतिपूर्ति मजदुरहरु कामबाट निकालिएका थिए । पुँजीवादी पश्चिमा मुलुकमा समेत कम्तिमा पनि म्यानेजरहरु मालिकहरुका प्रतिनिधि, सञ्चालक बोर्ड प्रति उत्तरदायी हुन्थे । तर देङ स्याओपेङको सुधारले सरकारी स्वामित्वका उद्योगधन्दाहरुका म्यानेजरलाई तानाशाह बनाएको थियो । उनीहरुलाई कोही प्रति जवाफदेही हुनु पर्ने आवश्यकता थिएन, समाजवादी उद्योगधन्दाका तथाकथित मालिक भनिने मजदुरहरु प्रतिको जवाफदेहीता त टाढाकै कुरा थियो । जीमोका मजदुरहरु भन्थे –उनीहरुले म्यानेजरको एउटा नयाँ वर्गको आशिर्वादमा बाच्नु परेको थियो ।
यस्तो अवस्थामा आफ्नो म्यानेजरहरुको कुसञ्चालनको विरोधस्वरुप केही ठाउँमा मजदुरहरुले फ्याक्ट्रीहरुलाई नै ध्वस्त गर्न थालेका थिए । म्यानेजरको कुसञ्चालन र फ्याक्ट्रीको कोषलाई दुरुपयोग गरेको विरोधमा क्रोधित मजदुरहरुले सामुहिक रुपमा फ्याक्ट्रीका उत्पादनलाई चोरी गर्न थालेपछि जीमो मासु प्रशोधन फ्याक्ट्री बन्द हुन पुगेको थियो ।
(अपरिचित साँस्कृतिक क्रान्ति पुस्तकबाट)