‘एसिड खन्याई दिन्छु’ भन्दै कालिमाटीस्थित आईएमईबाट ३ लाख लुटपाट

‘एसिड खन्याई दिन्छु’ भन्दै कालिमाटीस्थित आईएमईबाट ३ लाख लुटपाट

काठमाडौं, वैशाख ११ । पानीको बोत्तल लिएर राजधानीको कालिमाटी चोकस्थित आईएमई सेन्टरमा छिरेका एक ब्यक्तिले ‘एसिड खन्याई दिउँ कि पैसा दिने ?’ भन्दै काउन्टरमा भएको ३ लाख रुपैयाँ लुटेर फरार भएका छन् ।

प्रहरी प्रधान कार्यालयको केन्द्रिय समाचार कक्षको अनुसार कलंकी स्थित स्थायी घर भएका ४४ बर्षिय राजेन्द्र बस्नेतले काठमाडौं महानगरपालिका–१३ कालिटमाटी चोकमा संचालन गरेको क्रिस्टल इन्टरप्राईजेज (आईएमई) सेन्टरबाट सो नगद लुटपाट भएको हो ।

इन्टरप्राईजेजेको काउन्टरमा रहेका कर्मचारीहरु रुविना कोईराला र अप्सरा थापालाई अपरिचित ब्यक्तिले पानीको बोत्तल देखाएर पैसा नदिएमा एसिड खन्याईदिन्छु भन्दै धक्की दिएर नगद लुटपाट गरेका हुन् । फरार लुटेराको खोजी भईरहेको प्रहरीले जनाएको छ ।