झुपडि र महल

झुपडि र महल

कविता

झुपडिको महलमा
महलको झुपडिमा
शब्दको अर्थ
आवश्यक नहोला
महलका निम्ति अर्थहीन
शब्द प्रिय लाग्छ झुपडिलाई ।

कहिले महलको
याद र बात भुल्ला
झुपडि पुगेपछि
भुल्न सकिदैन
महलमा पुगेपछि
भुल्न सक्छन् ।

महलमा भोकाउने कोही हुँदैन
झुपडिमा अघाउने कोही हुँदैन
झुपडिमा अघाएको
महलमा भोकउँदैन
सम्बन्ध महलमा तोड्छ
सम्बन्ध झुपडिमा जोड्छ
महल शेर बनेर झुपडिमा आउँछ
अन्जान यात्री बनेर
अन्जान अन्जान झुपडिमा फर्किन्छ
वस खुशी रहनु पर्छ
दुःखको जिन्दगी छँदैछ
साउनको झरिमा होस्
माघको सिरेटोमा होस्
झुपडिको खहरे सलल
बहुत दुःखले
महलमा बग्छ पसिना सुखले
झुपडिमा बग्छ पसिना दुःखले
यहि छ फरक
महल र झुपडिमा ।