काठमाडौं । नेपालमा भिभोले वाई–७१ स्मार्टफोन भित्र्याएको छ । भिभो वाई–७१ले नेपाली बजार यसको मूल्य १७ हजार आठ सय ९० रुपियाँ राखेको छ र यो एन्ड्रोइडको ८.१ अपरेटिङ सिस्टममा आधारित स्मार्टफोन हो । यसको डिस्प्ले स्क्रिनको साइज ६ इन्चको छ । यसमा हाइडेफिनेसन (एचडी) प्लस फुलभ्यु डिस्प्ले छ ।
यो स्माटफोन दुई जीबी ¥याम क्षमतामा उपलब्ध छ, जसको इन्टरनल मेमोरी क्षमता १६ जीबीको हुन्छ । यसमा दुई सय ५६ जीबीसम्मको मेमोरी कार्ड पनि प्रयोग गर्न सकिन्छ । राम्रो पक्ष मेमोरी कार्डका लागि छुट्टै स्लट छ । मेमोरी कार्ड प्रयोग गर्नकै लागि एउटा मात्रै सिमकार्ड प्रयोग गर्नुपर्ने झन्झट यसमा हुने छैन ।
भिभो वाई–७१ मा १३ र ५ मेगापिक्सेलका दुई क्यामेरा छन् । यसको सेल्फी क्यामेरामा ब्युटिफिचर पनि छ । जसका कारण राम्रो गुणस्तरमा सेल्फी खिच्न सकिन्छ । यो एक्सिलरोमिटर, लाइट सेन्सर र गाइरोस्कोपजस्ता सेन्सरसहित फेस अनलक फिचर भएको स्मार्टफोन हो । तर, फिंगर प्रिन्टबाट अनलक गर्ने फिचर भने यसमा छैन । भिभो वाई–७१ मा ब्याट्री क्षमता पनि राम्रै छ, जुन ३३ सय १० एमएएचको छ ।