उक्त स्थानमा गड्याङगुडुङसहित वर्षा हुने सम्भावना

उक्त स्थानमा गड्याङगुडुङसहित वर्षा हुने सम्भावना

काठमाडौ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ।

जसका कारण यतिबेला (आइतबार बिहान) मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ। कोसी र गण्डकी प्रदेशमा भने आंशिक बादल लागेको छ। तराई र उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ।

मौसम महाशाखाले आज बिहान ८ बजे गरेको प्रक्षेपणअनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशलगायत कोसी र बागमती प्रदेशका पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने तथा बाँकी स्थानमा आंशिक बादल लाग्नेछ।

यस क्रममा दिउँसो देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षारहिमपात हुने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

यस्तै राति कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भेगमा साधारणतया बादल लाग्ने तथा बाँकी स्थानमा आंशिक बादल लाग्नेछ।

यस क्रममा राति देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षारहिमपात हुने सम्भावना छ। कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थान र बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा सम्भावना छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक(दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।