काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी अटो मेकानिक्स श्रमिक मजदुर संघ काठमाडौंको जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
उक्त सम्मेलनले बैकुण्ठ घिमिरेको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति गठन गरेको हो । सो कमिटिको उपध्याक्षमा प्रकाश श्रेष्ठ, राजकुमार थापा, सुधीर बस्नेत, सचिवमा बुद्ध लामा, कोषाध्यक्षमा अर्जुन कुमार र सदस्यहरुमा धीरज ठकुरी, मोहम्मद सहबुद्दिन, रामनारायण महतो, अशोक रत्न स्थापित, दिपक राना, प्रकाश श्रेष्ठ, दिपक विश्वकर्मा, नन्दु पण्डित, सार्की लाल तामाङ, बिजय साहनी, विरेन्द्र बोहरा लगायत रहनु भएको छ ।
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सी.पी. गजुरेलको सारगर्भित मन्तव्य सहितको उद्दघाटन र नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला इन्चार्ज कमरेड प्रवेश लगायत मजदुर नेताहरुको शुभकामना मन्तव्य सहित भएको सो कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक इश्वर तिमिल्सिना समेतको आतिथ्यता रहेको थियो ।
महासंघका कार्यालय सदस्य केशव सुवेदी, यातायात संघका अध्यक्ष कविन्द्र मोक्तान, महासंघका जिल्ला सचिव दिनेश वर्तौला लगायत अतिथिहरुबाट शुभकामना दिइएको सो सम्मेलनमा अ.ने.क्रा.अटो.मे.श्र.म. संघका केन्द्रिय महासचिव रमेश बोहराले संचालन गर्नु भएको उक्त कार्यक्रमको अध्यक्षता कुमार घतानेले गर्नु भएको थियो ।































