काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्नका लागि लेनिन, अक्टोबर क्रान्ति र लेनिनले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा गरेको योगदानका विषयमा गहन अध्ययन गर्न आवश्यक रहेको विचार व्यक्त गर्नुभएको छ ।
संसदीय व्यवस्थालाई क्रान्तिको हितमा उपयोग गर्न सकिने भए पनि क्रान्तिलाई परित्याग गरी संसदीय व्यवस्थालाई नै रणनीतिक रुपमा स्वीकार गर्नेहरु कम्युनिष्ट हुन नसक्ने र तिनीहरु लेनिनवादी पनि हुन नसक्ने विचार महासचिव किरणले व्यक्त गर्र्नुभयो ।
लेनिनले माक्र्सवादका तीन संघटक अंगहरु ः दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको क्षेत्रमा गरेको विकास तथा योगदानका विषयहरुमा गहिरो अध्ययन गर्न जरुरी रहेको कुरा बताउँदै महासचिव किरणले राजनीतिक अर्थशास्त्रको क्षेत्रका गरेको विश्लेषण र योगदानलाई अझ गहिरो गरी अध्ययन गर्न आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।
नयाँ र मौलिकताको नाममा दक्षिणपन्थी तथा वामपन्थी अवसरवादीहरुले माक्र्स, लेनिन र माओले गरेको विश्लेषण नै पछाडि परेको विश्लेषण गर्न थालेको टिप्पणी गर्दै महासचिव किरणले अहिले पनि विश्व परिस्थिति लेनिनले विश्लेषण गरेकै अवस्थामा रहेको भन्दै महासचिव किरणले लेनिनले भनेझै अहिलेको युग पनि साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो भन्नुभयो ।
साम्राज्यवादको चरित्र अहिले पनि लेनिनले भने झै वित्तीय पुँजीवाद तथा एकाधिकार पुँजीवाद रहेको भन्दै महासचिव किरणले उत्पादन शक्ति र उत्पादन सम्बन्धका दृष्टिले हेर्दा प्रविधि मुख्य नभएर श्रमशक्ति नै मुख्य रहेको विश्लेषण गर्नुभयो ।
उहाँले भन्नुभयो, “श्रमशक्तिलाई गौण र प्रविधिलाई मुख्य मान्नेहरु माक्र्सवादी हुन सक्दैनन् ।” प्रविधिले मानव श्रमलाई विस्थापित गरेको भएपनि विस्थापित श्रमशक्ति अर्थात् बेरोजगार मान्छेहरु लेनिनले भनेजस्तै सर्वहारावर्र्गीय क्रान्तिका रिजर्भ सेना हुन् भन्दै महासचिव किरणले ‘मानव श्रमलाई भन्दा प्रविधिलाई प्रधान मान्ने दृष्टिकोण कम्युनिष्ट दृष्टिकोण होइन’ भन्नुभयो ।
सच्चा मालेमावादी शक्तिहरुलाई जड्सुत्रवादी र परम्परावादी भन्दै होच्याउने र विचार तथा सिद्धान्तको प्रश्नलाई गौण ठान्ने प्रवृत्ति कम्युनिष्ट आन्दोलनमा हावी हुँदै गएको भन्दै महासचिव किरणले संशोधनवादी र अवसरवादीहरुले पैmलाएको भ्रम र खडा गरेको चुनौतीको सामना गर्न सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकताबद्ध पारेर लैजानुपर्ने आवश्यकता पनि औल्याउनु भयो ।
कम्युनिष्ट क्रान्तिकारीहरुले उत्तरआधुनिकतावाद, उत्तरमाक्र्सवाद र नवमाक्र्सवादको चिन्तनधारा र प्रवृत्तिलाई समेत राम्रोसँग बुझेर सच्चा कम्युनिष्ट क्रान्तिकारी धाराका विरुद्ध गरिएको हमलाको डटेर प्रतिवाद गर्नुपर्ने विचार राख्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी स्थायी समिति सदस्य रामसिंह श्रीसले लेनिनले गैरमाक्र्सवादीहरुको भण्डाफोर गर्न मुख्य जोड दिएको चर्चा गर्दै नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्न लेनिनवादी संगठनात्मक सिद्धान्तलाई दह«ोसँग अँगाल्नु पर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रम पार्टी केस गुराँसको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन केस सरुले गर्नुभएको थियो । कार्यक्रममा पार्टीका पिविएम प्रभाकिरणसहित नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।