जथाभावी बाटो विस्तार गर्दा काभ्रेमा झडप

काभ्रे । ठेकदारसहित सम्बन्धित निकायले काभ्रेको रयालेमा स्थानीयबासीसँग छलफल नगरी नम्बरी जग्गा मिचेर विनाक्षतिपूर्ति बाटो विस्तार गरेपछि स्थानीय युवासँग झडप भएको छ । स्थानीयमाथि ठेकदार मुकेश पन्त र प्राविधिक विनोदसहित कामदारहरु प्रयोग गरेर स्थानीय युवामाथि हातपात गर्न खोजेपछि झडप भएको थियो । झडप लगत्तै घटनास्थल पुगेको असई कमल पाण्डे नेतृत्वको प्रहरी टोलीले स्थानीय युवा तेम्बा […]

चापागाईको नेतृत्वमा २५ सदस्यीय जिल्ला समिति

चितवन । अखिल (क्रान्तिकारी) जिल्ला कार्यसमिति चितवनको विस्तारीत बैठकले पुनः अमृत चापागाईको नेतृत्वमा २५ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरेको छ । बैठकले सचिवमा अमित सापकोटा र कोषाध्यक्षमा अर्जुन बिष्ट चयन गरेको छ । नेकपा (क्रन्तिकारी माओवादी) चितवन जिल्ला सचिव तथा अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष सुरेश गौतमको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा पार्टीका केन्द्रिय […]

बाँदरझुलाबासीहरु भन्छन्– सरकारले हामीलाई देश भित्रै शरणार्थी बनाउन खोज्दैछ

चितवन । बाँदरझुला बस्तीमा २०१८ सालदेखि नेपाली सीमा, वन र वन्यजन्तुको सुरक्षा गर्दै आएका बाँदरझुलाका बासिन्दाहरुले अहिले सरकारले विभिन्न बाहानामा शरणार्थी बनाउन खोजेको जनाएका छन् । अहिले बाँदरझुलामा ५ सय ५० घरधुरीमा ४ हजारको हाराहारीमा सुकुम्बासीहरु रहेका छन् । २०४७ सालबाट मकवानपुर, पर्सा,लमजुङ्ग,तनहु लगायत जिल्लाहरुबाट सुकुम्वासीहरु आई बसोवास गर्न थालेको बाँदरझुला बस्ती व्यवस्थापन समितिले जनाएको […]

पत्रकार रञ्जितकारलाई पितृशोक, क्रान्तिकारी पत्रकार महासंघद्वारा शोक व्यक्त

काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघकी कोषाध्यक्ष अमिरमैया रञ्जितकारलाई पितृशोक परेको छ । उनका बाबु नारायण प्रसाद रञ्जितकारको बुधबार बिहान तीन बजे उपचारका क्रममा काठमाडौं मोडल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको आजै अन्तिम संस्कार गरिएको छ ।  यसैबीच क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय समितिले एक विज्ञप्ती जारी गर्दै रञ्जितकारको निधनप्रति दुःख व्यक्त गरेको छ […]

हेलिकोप्टर दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ। सरकारले फिस्टेल एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न तत्कालीन हवाई विभागका महानिर्देशक हरिभक्त श्रेष्ठको अध्यक्षतामा चार सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिका सदस्यमा नेपाली सेनाका प्रमुख सेनानी तथा हेलिकप्टर पाइलट सुवास थापा र सिम्रिक एयरका इन्जिनियरिङ निर्देशक विष्णु बस्न्यात सदस्य र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य सदस्यसचिव रहेका संस्कृति, […]

अध्यक्ष किरणले गरे १२ बुँदेसँगै भएका खतरनाक सहमतिको खुलासा

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र संसदवादबाट बाहिर निस्कन नसक्ने ठोकुवा गरेका छन् ।  क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय समितिको सोमबार कुपण्डोलमा भएको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले प्रचण्डले दिल्लीमा भएको १२ बुँदै सहमतिकै क्रममा संसदवादभन्दा दायाँबायाँ नगर्ने सहमति गरेकाले अब उनीबाट क्रान्तिको आशा गर्न नसकिने बताएका हुन् […]

विरामी लिएर आउँदै गरेको हेलिकोप्टर दुर्घटना, पाँचदिने शिशुसहित ७ को मृत्यु

काठमाडौं । नुवाकोटमा सोमबार भएको हेलिकप्टर दुर्घटनामा परी एक नवजात शिशुसहित ७ जनाको मृत्यु भएको छ ।  गोरखाको सिर्दिवास गाविस–८ फिलिम भन्ने स्थानबाट विरामी लिएर काठमाडौं आउँदै गरेको फिस्टेल एयरको नाइन एन एकेए कलसाइन भएको हेलिकोप्टर नुवाकोटको मदानपुर गाविस–९ को बेतिनी जंगलको भीरमा दुर्घटना भएको हो । दुर्घटनामा क्याप्टेन रन्जन लिम्बुसहित कितमान लिम्बु, अज्ञानी गुरुङ, […]

अहिलेको सरकारबाट दक्षिण तिर खुसीयाली

शंकर सुवेदी, चितवन । नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्य किरणले सरकार परिर्वतनबाट दक्षिणी तर्फ खुसीयाली छाएको बताएका छन् ।  आइतबार भरतपुरमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष किरणले भारततिर तिर संकेत गर्दै सरकार उसैको इसारामा परिर्वतन परिर्वतन भएको बताए ।  भारतले नेपाललाई सधै उपनिवेशका रुपमा हेरेको छ त्यसैले त्यसका इसारामा नाच्ने सरकार चाहेको उनको भनाई थियो ।  […]

शैक्षिक सुधारका लागि क्रान्तिकारीको १६ बुँदे माग (मागपत्र सहित)

चितवन । नेकपा (क्रान्तिकारी माओवादी) को भातृ संगठन अखिल क्रान्तिरकारी चितवन जिल्ला समितिले शैक्षिक सुधारका विभिन्न १६ बुँदे मागपत्र पेश गरेको छ । अखिल क्रान्तिकारी चितवन जिल्ला समितिको अध्यक्ष अमृत चापागाईको नेतृत्वमा चितवन जिल्ला शिक्षा अधिकारीलाई भेटेर १६ बुँदे मागपत्र बुझाएको हो । राणाकालीन समयमा पढ्नका लागि राणा या राजा परिवारमा नै जन्मिनुपर्ने अवस्था जस्तो २१ […]

नेपाल टेलिकमको रिचार्जमा समस्या, टेलिकमले गर्यो क्षमायाचना

काठमाडौं । नेपाल टेलिकमले आफ्नो रिचार्ज प्रणालीमा सुधार गर्ने क्रममा शनिबारदेखि रिचार्ज कार्डमा प्राविधिक समस्या हटेको जनाए पनि आइतबार साँझसम्म पनि समस्या कायमै छ । टेलिकमले आइतबार दिउँसोबाट ग्राहकमा परेको असुविधाप्रति क्षमा याचाना मागेको थियोे । कम्पनीले एक विज्ञप्तिमार्फत रिचार्ज कार्डमार्फत हुने रिजार्ज (*412*Pin Code#/ 1412 IVR मार्फत) मा विशेष प्राविधिक समस्या उत्पन्न भई उक्त […]