फासिवादी निर्णय सच्याउन क्रान्तिकारी माओवादी काठमाडौंको माग

फासिवादी निर्णय सच्याउन क्रान्तिकारी माओवादी काठमाडौंको माग

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) काठमाडौंले नेपाल सरकारको गृह मन्त्रालयले शान्ति सुरक्षाको नाममा काठमाडौंका सातवटा स्थानबाहेकका ठाउँमा धर्ना, जुलुस तथा विरोध प्रदर्शन गर्न लगाएको रोकलाई फासिवादी निर्णयको संज्ञा दिंदै उक्त निर्णय तत्काल सच्याउन माग गरेको छ । क्रान्तिकारी माओवादी काठमाडौं सचिव सरुले ७ बैशाखमा एक वक्तव्य जारी गर्दै सरकारको यस्तो निर्णयले जनताको विद्रोह गर्न पाउने नैसर्गिक अधिकार कुण्ठित गरेको भन्दै त्यसको घोर भत्र्सना गरिएको छ ।

वक्तव्यमा भनिएको छ, “केही समय अगाडि काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमार्फत् गृह मन्त्रालयको निर्णय भनि शान्ति सुरक्षा कायम राख्न काठमाण्डौ जिल्लाको सातवटा स्थान बाहेक अन्य स्थान वा सडकमा कुनै धर्ना, जुलुसलगायतका प्रदर्शन गर्न नपाउने गरि आएको सार्वजनिक सूचना शान्तिपूर्ण भेला हुन पाउने संविधान प्रदत्त हकलाई कुण्ठित गर्ने, अभिव्यक्ति स्वतन्त्रता र विद्रोह गर्ने जनताको नैसर्गिक अधिकारको विरुद्ध र लोकतान्त्रिक मुल्य मान्यता विपरीत कदमको रुपमा लिदै र यस परिघटनाले सरकार अधिनायकवादी शासन लाड्ने प्रक्रियामा उद्यत रहेको संकेतको रुपमा लिएका छौं ।

यसर्थ हाम्रो पार्टी ने.क.पा.(क्रान्तिकारी माओवादी), काठमाडौं जिल्ला समिति राज्यको यसप्रकारको फासिवादी निर्णयको भत्र्सना गर्दै सो निर्णय तुरुन्त सच्याउन माग गर्दछ र जनताको विद्रोह गर्ने अधिकारको सम्मान गरि धर्ना, जुलुस र प्रदर्शनको नैसर्गिक अधिकारको विपरित कुनै सीमा नतोक्न अनुरोध गर्दछ ।”