काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको ५ नं. को अध्यक्षमा केवी गुरुङ र कुमार शाह निर्वाचित हुनु भएको छ । मोर्चाको शुक्रबार बुटवलमा सम्पन्न प्रदेश नं ५ को दोस्रो प्रदेश भेलाले नयाँ नेतृत्व चयन गरेको हो ।
भेलाले गुरुङको अध्यक्षतामा २५ सदस्यीय मोर्चाको नयाँ नेतृत्व चयन गरेको छ । जसमा सचिवमा कुमार शाह, सदस्यहरुमा क्रमशः धनबिर थारु, धनबहादुर शाही, महाजित थारु, भक्तराज काफ्ले, नरेन्द्र बञ्जाडे, शुसिला आचार्य, टिकामन बुढा, पुष्पा डीसी, डिलाराम घर्ति, पवित्रा घर्ति, पदम लामिछाने, अशोक थापा, केशव अधिकारी, ज्ञानीराम पुरी, अमर विक, आरपी शर्मा पोख्रेल, चिरिञ्जीवि काफ्ले, राजुप्रसाद खनाल, चुडामणी भण्डारी, अर्जुन तरामु रहनुभएको छ ।
यसअघि भेलाको उद्घाटन गदैं नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य प्रमोदले मुलुकमा बढेको भ्रष्टाचार र बेथिति अन्त्यका लागि पार्टीले हस्तक्षेपकारी भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहांले विभिन्न समुहमा छरिएर रहेका क्रान्तिकारीहरुलाई एकीकरण र ध्रुवीकरण गर्ने अभियानमा पार्टी लागेको बताउनुभयो । भेलामा पार्टीका पूर्व केन्द्रीय सल्लाहकार मानध्वज श्रेष्ठ, क्रान्तिकारी पत्रकार महासंघका कार्यालय सदस्य लोकराज जैसी, अनेमसंघ(क्रान्तिकारी) की केस शुसिला आचार्य लगायतले बोल्नुभएको थियो । मोर्चाका संयोजक केबी गुरुङको अध्यक्षतामा सम्पन्न उक्त भेलाको संचालन अनेमसंघ (क्रान्तिकारी) की केस तेजकुमारी पुनले गर्नुभएको थियो ।
नयाँ निर्वाचित कार्यसमितिको बैठकले अध्यक्ष र सचिवसहित नरेन्द्र बन्जाडे, रामप्रसाद पोखरेल, महाजित थारु काँदर रहेको पाँच सदस्यीय सचिवालय गठन गरेको छ ।