६० तोला सुनसहित भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

६० तोला सुनसहित भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

काठमाडौं, वैशाख ६ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० तोला सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

FZ 8017  दुबई एयरको नम्बरको उडानबाट नेपाल आएका H9803151 नम्मर को राहदानी वाहक भारतीय नागरिक रहमान सरफराजले जुत्तामा लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा ६० तोला सुनसहित पक्राउ गरेको हो । उनी माथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।