काठमाडौं, वैशाख ६ । कटुवा पेस्तोल, गोली र सुतली बमसहित मकवानपुरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बिहीबार प्रहरीले हटौँडा महानगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गको लेबट भन्ने स्थानबाट कटुवा पेस्तोल तीन थान, नलकटुवा पेस्तोलको गोली ११ थान, ३०३ राइफलको गोली १ थान, सुतली बम १ थान र नेपाल प्रहरीको चुस्ता १ थानसहित एक जनालाई पक्राउ गरेको हो ।

प्रहरी सहायक निरीक्षक बिगबहादुर तामाङको टोलीले सुरक्षा जाँच गरिरहेको समयमा सोही स्थानका अनिल भन्ने जोकर मोक्तान पक्राउ पर भने अन्य दुई जना फरार भएको मकवानपुर प्रहरीले जानएको छ ।

पक्राउ परेका मोक्तानलाई हातहतियार तथा खरखजना ऐन २०१९ र बिस्फोटक पदार्थ ऐन २०१८ बमोजिम कारबाही पक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार