१२९ औं अन्तर्राष्ट्रिय मजदुर दिवस क्रान्तिकारी ट्रेड यूनियन महासंघले देशव्यापी रुपमा मनाउने

१२९ औं अन्तर्राष्ट्रिय मजदुर दिवस क्रान्तिकारी ट्रेड यूनियन महासंघले देशव्यापी रुपमा मनाउने

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले १२९ औं अन्तर्राष्ट्रिय मजदुर दिवस देशव्यापी रुपमा मनाउने तयारी गरेको छ । प्राप्त समाचार अनुसार महासंघले मई दिवसको अवसरमा बैशाख १८ गते काठमाडौं सुन्धराबाट वृहत् ¥यालीसहित ललितपुरको कुपण्डोलस्थित बैकुण्ठ–चेत साँस्कृतिक भवनमा एक भव्य समारोहका उक्त दिवस मनाउने तयारी गरेको छ भने १ नं. प्रदेशको राजधानी मोरङको विराटनगर र सुनसरीको खनारमा ¥यालीसहित सभा गर्ने तयारी भइरहेको छ ।

प्राप्त समाचार अनुसार ४ नं. प्रदेशको राजधानी पोखरमा पनि महासंघले ¥यालीसहित वृहत् सभा गर्ने तयारी गरेको छ भने ५ नं. प्रदेशको बुटवलमा पनि ¥यालीसहित सभाको तयारी भइरहेको छ । त्यसैगरी ६ नं. प्रदेशको सुर्खेतमा पनि क्रान्तिकारी ट्रेडयूनियन महासंघले ¥यालीसहित सभाको आयोजना गरेको छ । कंचनपुरबाट प्राप्त समाचार अनुसार ७ नं. प्रदेशको कैलाली र कञ्चनपुरमा पनि ¥यालीसहित सभा हुने जानकारी प्राप्त भएको छ ।

क्रान्तिकारी ट्रेड यूनियन महासंघले यो वर्षको मजदुर दिवस ‘उदारीकरणका नाममा बनेका श्रमिकविरोधी कानुनको विरोध, भण्डाफोर र प्रतिरोध गरौं !, तलव वृद्धि, रोजगारीको सुनिश्चिततालगायत मौलिक हकका लागि संघर्ष गरौ !!’ भन्ने मूल नाराका साथ मनाउँदैछ । मजदुर दिवसको पूर्वसन्ध्यामा जारी गरिएको महासंघको अपीलमा श्रमिक वर्गको न्यूनतम मासिक तलव १८०००।– र दैनिक ज्यालादारीमा १०००।– सुनिश्चित गरिनु पर्ने, स्थायी नियुक्तिको सुनिश्चितता हुनुपर्ने लगायतका मागहरु समेत अगाडि सारिएको छ ।