काठमाण्डौ । एशिया मानव अधिकार तथा साँस्कृतिक विकास मञ्चले मोटो रकम लिई विदेश पठाउने मानव तस्करहरुलाई यथाशिघ्र कार्वाही गर्नु पर्ने माग गरको छ । बैसाख १२ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मञ्चका जापान प्रतिनिधि मानबहादुर थापाले ज्ञापन पत्र बुझाउँदै जापान जाने नेपालीहरुलाई विचौलियाहरुले झुठा आश्वासन र प्रलोभनहरु देखाई मनलाग्दी रुपमा पैसा उठाइरहेको दाबी गरिएको छ ।
ज्ञापन पत्रमा आर्थिक र शारीरिक शोषणमा परेका पिडितहरुलाई उचित क्षेतिपुर्तिको व्यवस्था, ‘जिट्को’ व्यवस्थाको पुनरावलोकन गरी द्विपक्षीय श्रम सम्झौता गरिनु पर्ने, व्यवहारिक तथा बैज्ञानिक रोजगारी अनुमति प्रणाली तथा स्वदेशमै रोजगराीको सृजना गर्न ठोस कदम चाल्न पनि माग गरिएको छ ।
विचौलीयाहरुले जापानमा पढ्न जाने विद्यार्थी, कामदारहरु, आश्रित भएर जानेहरुबाट १० देखि १८ लाखसम्म पैसा उठाउने गरेको पाइन्छ । जबकी कानुनतः जापानमा प्रवेषाज्ञा पाउनको लागि चार हजार जापानी येन अर्थात त्यति नै बराबरको नेपाली रुपैंया भए पुग्छ । यसकारणले जापान जाने अधिकांश नेपालीहरु जसरी भएपनि पैसा कमाउनु पर्ने बाध्यताले गर्दा मानसिक र शारीरिक रुपमा अस्वस्थ भई आत्महत्यासम्म पनि गर्ने गरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
नेपाल र जापान सरकार वीच श्रम सम्झौताको अभावमा यसरी मानव तस्कर, विचौलियाहरुले लुट मच्चाइरहेको एकातर्फ छ भने अर्काेतिर जापान पुगेकाहरुको पनि असुरक्षा त्यत्तिकै भएकोले आवश्यक नीति र कानुनको व्यवस्था बनाउनु पर्ने मञ्चले जोडले दिएको छ ।